अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपको टिकट विक्रि सुरु
पेन्सिल्भेनिया । अमेरिका र वेस्टइन्डिजमा हुन लागेको आइसीसी टी २० विश्वकप क्रिकेटको अनलाइन टिकट बिक्री खुला गरिएको छ । टिकट ७ फेब्रुअरीसम्म जारी रहने आइसीसीले जनाएको छ । टी २० विश्वकप क्रिकेट जुन १ देखि २९ तारिखसम्म आयोजना हुने छ । विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दै छन् । लिगचरणदेखि फाइनलसम्म ५५ वटा खेल हुने छन् । आइसीसीले निकालेको खेल तालिका अनुसार नेपाल समूह डीमा रहेको छ । यो समूहमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।
यसैगरी, समूह एमा भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड रहँदा समूह बीमा इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र समूह सीमा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी छन् ।
हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् । ४ समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि २ समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर–२ को २ समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्नेछन् ।
कार्तिकामा घरेलु मैदानमा यूएईलाई हराउँदै नेपालले १० वर्षपछि टी–२० विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षीण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ ।
आइसीसीले अनलाइन टिकट खरिद गर्दा एउटा आइडीबाट बढीमा ६ वटामात्रै किन्न पाइने नियम पनि बनाएको छ । यसैगरी प्रत्येक खेलको टिकट मूल्य पनि फरक फरक रहेको छ । विश्वकपको सबैभन्दा सस्तो टिकट ६ डलरको र महँगो २५ डलरको रहेको छ ।
टिकट कसरी किन्ने त ?
टिकटहरूको लागि, पहिले टी २० विश्वकपको आधिकारिक वेबसाइटमा गएर रजिस्टर्ड हुनुपर्छ । त्यसपछि प्रक्रिया सफल भएमा आवेदकले इ–मेल प्राप्त गर्नेछन्। यस मार्फत उनीहरूले कुन खेलको टिकट सुरक्षित गरेका छन् भन्ने जानकारी दिइनेछ। त्यसपछि उनीहरूलाई एउटा लिङ्क उपलब्ध गराइनेछ जसमार्फत भुक्तानी गर्नुपर्नेछ। यदि तोकिएको समय भित्र भुक्तान नगरेमा टिकटहरू खुला बिक्रीको लागि पूलमा फिर्ता गरिनेछ ।
१. शनिबार, जुन १ – संयुक्त राज्य अमेरिका विरुद्ध क्यानडा, डलास
२. आइतबार, जुन २ – वेस्ट इन्डिज विरुद्ध पपुवा न्यू गिनी, गुयाना
३. आइतवार, जुन २ – नामिबिया विरुद्ध ओमान, बार्बाडोस
४. सोमबार, जुन ३ – श्रीलंका विरुद्ध दक्षिण अफ्रिका, न्यूयोर्क
५. सोमबार, जुन ३ – अफगानिस्तान विरुद्ध युगान्डा, गुयाना
६. मंगलबार, जुन ४ – इङ्गल्याण्ड विरुद्ध स्कटल्याण्ड, बार्बाडोस
७. मंगलबार, जुन ४ – नेदरल्याण्ड्स विरुद्ध नेपाल, डलास
८. बुधवार, जुन ५ – भारत विरुद्ध आयरल्याण्ड, न्यूयोर्क
९. बुधवार, जुन ५ – पपुवा न्यू गिनी विरुद्ध युगान्डा, गुयाना
१०. बुधबार, जुन ५ – अस्ट्रेलिया विरुद्ध ओमान, बार्बाडोस
११. बिहीबार, जुन ६ – संयुक्त राज्य अमेरिका विरुद्ध पाकिस्तान, डलास
१२. बिहीबार, जुन ६ – नामिबिया विरुद्ध स्कटल्याण्ड, बार्बाडोस
१३. शुक्रवार, जुन ७ – क्यानाडा विरुद्ध आयरल्याण्ड, न्यूयोर्क
१४. शुक्रवार, जुन ७ – न्यूजील्याण्ड विरुद्ध अफगानिस्तान, गुयाना
१५. शुक्रबार, जुन ७ – श्रीलंका विरुद्ध बंगलादेश, डलास
१६. शनिबार, जुन ८ – नेदरल्याण्ड्स विरुद्ध दक्षिण अफ्रिका, न्यूयोर्क
१७. शनिबार, जुन ८ – अष्ट्रेलिया विरुद्ध इङ्गल्याण्ड, बार्बाडोस
१८. शनिबार, जुन ८ – वेस्ट इन्डिज विरुद्ध युगान्डा, गुयाना
१९. आइतबार, जुन ९ – भारत विरुद्ध पाकिस्तान, न्यूयोर्क
२०. आइतबार, जुन ९ – ओमान विरुद्ध स्कटल्याण्ड, एन्टिगुआ
२१. सोमबार, जुन १० – दक्षिण अफ्रिका विरुद्ध बंगलादेश, न्यूयोर्क
२२. मंगलबार, जुन ११ – पाकिस्तान विरुद्ध क्यानडा, न्यूयोर्क
२३. मंगलबार, जुन ११ – श्रीलंका विरुद्ध नेपाल, फ्लोरिडा
२४. मंगलबार, जुन ११ – अस्ट्रेलिया विरुद्ध नामिबिया, एन्टिगुआ
२५. बुधवार, जुन १२ – संयुक्त राज्य अमेरिका विरुद्ध भारत, न्यूयोर्क
२६. बुधबार, जुन १२ – वेस्ट इन्डिज विरुद्ध न्युजिल्याण्ड, त्रिनिडाड
२७. बिहीबार, जुन १३ – इङ्गल्याण्ड विरुद्ध ओमान, एन्टिगुआ
२८. बिहीबार, जुन १३ – बंगलादेश विरुद्ध नेदरल्याण्ड, सेन्ट भिन्सेन्ट
२९. बिहीबार, जुन १३ – अफगानिस्तान विरुद्ध पपुवा न्यू गिनी, त्रिनिदाद
३०. शुक्रवार, जुन १४ – संयुक्त राज्य अमेरिका विरुद्ध आयरल्याण्ड, फ्लोरिडा
३१. शुक्रबार, जुन १४ – दक्षिण अफ्रिका विरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट
३२. शुक्रवार, जुन १४ – न्यूजील्याण्ड विरुद्ध युगान्डा, त्रिनिडाड
३३. शनिबार, जुन १५ – भारत विरुद्ध क्यानडा, फ्लोरिडा
३४. शनिबार, जुन १५ – नामिबिया विरुद्ध इङ्गल्याण्ड, एन्टिगुआ
३५. शनिबार, जुन १५ – अस्ट्रेलिया विरुद्ध स्कटल्याण्ड, सेन्ट लुसिया
३६. आइतवार, जुन १६ – पाकिस्तान विरुद्ध आयरल्याण्ड, फ्लोरिडा
३७. आइतवार, जुन १६ – बंगलादेश विरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट
३८. आइतबार, जुन १६ – श्रीलंका विरुद्ध नेदरल्याण्ड, सेन्ट लुसिया
३९. सोमबार, जुन १७ – न्यूजील्याण्ड विरुद्ध पपुवा न्यू गिनी, त्रिनिदाद
४०. सोमबार, जुन १७ – वेस्ट इन्डिज विरुद्ध अफगानिस्तान, सेन्ट लुसिया
४१. बुधबार, जुन १९ – ए२ विरुद्ध डी १, एन्टिगुआ
४२. बुधबार, जुन १९ – बी १ विरुद्ध सी २, सेन्ट लुसिया
४३. बिहीबार, जुन २० – सी १ विरुद्ध ए१, बार्बाडोस
४४. बिहीबार, जुन २० – बी २ विरुद्ध डी २, एन्टिगुआ
४५. शुक्रवार, जुन २१ – बी १ विरुद्ध डी १, सेन्ट लुसिया
४६. शुक्रवार, जुन २१ – ए २ विरुद्ध सी २, बार्बाडोस
४७. शनिबार, जुन २२ – ए १ विरुद्ध डी २, एन्टिगुआ
४८. शनिबार, जुन २२ – सी १ विरुद्ध बी २, सेन्ट भिन्सेन्ट
४९. आइतवार, जुन २३ – ए २ विरुद्ध बी १, बार्बाडोस
५०. आइतवार, जुन २३ – सी २ विरुद्ध डी १, एन्टिगुआ
५१. सोमबार, जुन २४ – बी २ विरुद्ध ए १, सेन्ट लुसिया
५२. सोमबार, जुन २४ – सी १ विरुद्ध डी २, सेन्ट भिन्सेन्ट
५३. बुधबार, जुन २६ – सेमीफाइ १, गुयाना
५४. बिहीबार, जुन २७ – सेमीफाइनल २, त्रिनिदाद
५५. शनिबार, जुन २९ – फाइनल, बार्बाडोस ।