ब्लड बैंक बस हस्तारण गरेकोमा सुनील साहद्वारा आभार व्यक्त
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष सुनील साहले ब्लड बैंक बस परियोजना सफल भएको अभार व्यक्त गरेका छन् । उनी कोषाध्यक्ष भएका बेला सुरु भएको अभियानलाई अहिले एनआरएनको बद्री समूहले वितरण गरेको हो ।
११ औं महाधिवेशनका बेला समानन्तर समिति बने पनि राजेन्द्र कुमार (आरके) समूहबाट उपाध्यक्ष भएका साहले विगतमा आफूहरुले गरेको कामको स्मरण गर्दै ब्लड बैंक बस परियोजना सफल पार्न अहोरात्र खटिएका सवैलाई धन्यवाद ज्ञापन गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत साहले रक्तदानको अभियानलाई अझ सहज बनाउने उद्देश्यका साथ रगत संकलनको लागि गाँउ शहरका कुन काप्चासम्म पुग्न सजिलो हुने कामको लागि ब्लड बैंक प्रदान गरिएको तत्कालिन संयोजक साहले बताए । एनआरएनएको वद्री समूहले वुधबार कोशी प्रदेश र विहीबार मधेश प्रदेशमा ब्लब बैंक बस हस्तान्तरण गरेको थियो ।
हेरौं सुनिल साहको स्टाटस