एनआरएनए पेन्सिल्भेनिया च्याप्टरको रक्तदान

पेन्सिल्भेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत पेन्सिल्भेनिया च्याप्टरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ।
अमेरिकन रेडक्रसको सहकार्यमा मेकानिसबर्षमा शुक्रवार एनआरएनए पेन्सिल्भेनिया रक्तदानको आयोजना गरेको हो।
कार्यक्रम संयोजक तथा एनआरएनए पेन्सिल्भेनिया च्याप्टरका उपाध्यक्ष अभिषेक थापाका अनुसार ३२ जनाले नाम दर्ता गराएकोमा २८ जनाले रक्तदान गरेका थिए। ‘चार जनाको प्राविधिक समस्याका कारण चाहँदा चाहँदै पनि रक्त दान गर्न पाउन भएन तैपनि हामीले सोचे भन्दा राम्रो सहभागिता रह्यो’ थापाले समाज टाइम्स सँग भने।
एनआरएनए पेन्सिल्भेनिया च्याप्टरका अध्यक्ष जयन्द्र लामा, उपाध्यक्ष थापा, महिला सचिव रेणु न्यौपाने, सदस्य भरत श्रेष्ठले पनि रक्तदान गरेका थिए।
यस्तै साहित्यकार गण्डकी पुत्र र नवीन भट्टराईले रक्तदानमा स्वयंसेवी भूमिका निभाएका थिए।