प्यासिफिक ओसन माथिको पहिलो यात्रा:कमल खनाल
धेरै जसो यात्रा रमाइलो हुन्छ। त्यो पनि नयाँ बाटो र नयाँ ठाउँले दिने रमाइलो, अझ बेसी कौतूहल पूर्ण हुन्छ। कहिलेकाहीँ यात्राको बाटो र स्थान दोहोरियो भने रमाइलो पन पातलिँदै जान्छ र यात्राले सन्तुष्टि दिन सक्दैन। तर पनि यस पटकको मेरो यात्रा फरक बाटो,फरक स्थान,थोरै जमिन र धेरै पानी माथि भयो।
यात्राले अनगिन्ती मानसिक तरङ्गहरू पैदा गरिरह्यो। जसरी समुन्द्रमा निस्कने तरङ्गहरू, तरङ्गित भई रहन्छन्। समुद्रमा उठ्ने छाल झैँ कहिले धेरै बलवान र कहिले कमजोर उछालहरू आइरहे मेरो मनमा । एक्लो यात्रा,लामो दुरी,पहिलो पटक, त्यो पनि पानी माथिको यात्रा।
जुनेलीमा टल्किएका सामुद्रिक तरङ्गहरूलाई हावाका झोक्काले हल्लाएर कता कता उडाएर लगेझैँ लाग्ने गरी मनलाई कहिले रमाइलो र कहिले अत्यास लाग्दो बनाइरह्यो यात्राले।
प्यासिफिक ओसन माथि १५ घण्टा
जहाजले १३५७८ किमी ८४३७ माइल टाढाको दुरी तय गर्यो र उडान भर्यो। यो पटकको यात्रा मेरालागि एकान्त थियो। एक्लो थियो। कहिले लुके जस्तो, कहिले हराए जस्तो लाग्थ्यो। जहाजका परिचारिकाहरूले झ्याल खोल्न दिन्थेनन्। उनीहरूको आँखा छलेर झ्याल खोलेर तल हेर्यो सुनसान अन्धकार देखिन्छ। चकमन्न र शान्त लाग्थ्यो।
जहाजले दिने आवाजले कहिले काहीँ झस्काइ रहन्थ्यो। एक तमास सँग जहाज उडिरहेको थियो। बेला बखत जहाज तल र माथि भइरहेको अनुभव हुन्थ्यो। जसले मलाइ निराकार अनुभूति दिइरहेको थियो। तीन सय ३९ यात्रु क्षमता भए पनि हाम्रो क्याबिनमा धेरै सिटहरू खालि थिए। मैले तीन सिट अकुपाई गरे सुते।
निद्रा लागिरहेको थिएन। पहिलो त मेरा जिज्ञासा मेटाउन पनि म निदाउन खोजिन। दोस्रो मेरो नजिकै रेष्टरूम रहेछ। यात्रुहरूको चटपटाहटले मलाइ निद्रा आउनै सकेन। कहिले परिचारिकाहरूले उपलब्ध गराउने डिनर, ब्रेकफास्ट र लन्चले निद्रा भगाउने काम गर्थ्यो । यात्रा लामो थियो,निद्रा छोटो भयो।
तीन सय ३९ यात्रु क्षमता भएको अमेरिकन जहाज डेल्टा एयर बस तीन सय ५० ले प्यासिफिक ओसन माथिको यात्रा सुरु गर्यो ,रातको १०.४५ बजे। एट्लान्टिक ओसनलाइ पुरै पछाडि छोडेर प्यासिफिक ओसनको सर्वाधिक लामो यात्रामा पाँच सय ६० माइल प्रति घण्टाको गतिमा उडेको थियो जहाज। अर्थात् नौ सय एक किलो मिटर एक घण्टामा पार गर्ने गरी दौडको गतिमा थियो। १२ हजार एक सय ९४ फिट माथिको अलटिट्यूडमा जहाज उडिरहेको थियो ।
मलाइ एक तमासको बनाइ रहेको थियो। त्यसै जहाज भित्रको क्याबिनमा बसेर अनेकन् कुराहरू सोच्दै थिए म। एउटा महादेश छोडेर अर्को महादेशीय यात्रामा थिए जस्तो लाग्थ्यो मलाइ र थियो पनि। यात्रा अनपेक्षित जस्तो भएको थियो मलाइ। मेरा आफन्तहरू थिएनन् त्यहाँ। मेरा सपनाहरू थिएनन् त्यहाँ। मेरा भाषीहरू थिएनन् त्यहाँ।
मेरा लागि त्यो भयानक एकान्त महसुस हुने अपायक यात्रा जस्तो थियो। मेरो देशको नामले नचिनिने म भेजिटेवलका नाममा चिनिन्थे। न मैले कसैलाई चिन्थे। प्लेनका परिचारिका बाहेक कसैसँग नबोली १५.३० घण्टा शब्द विहीन जस्तै भएर बिताए। न मलाइ कसैले सोध्थे, न मैले कसैलाई सोधे। संवाद कसैसँग, कतै भएन। बरु मित्रता रेष्टरूमसँग भयो।
आर डी यूबाट एट्लान्टा हुँदै लस एन्जलस
एट्लान्टिक ओसनले सिँगारिएका सहरहरूलाई छोडेर प्यासिफिक ओसनले मौलाएका र रङ्गिएका सहरमा पुगे। बेलुकाको ७.३५ मा। तीन घण्टाको ट्रान्जिट पछि प्यासिफिक ओसनको यात्रा तय गर्नु थियो र प्रतीक्षामा थिए म । मैले अमेरिकाका लागि तिन पटक यात्रा गरिसकेको थिए। ती सबै यात्राहरू एट्लान्टिक ओसन माथिबाट भएका थिए। एसिया युरोप र केही अफ्रिकी मुलुक हुँदै मध्यपूर्व मुलुक माथिबाट दुई पटक यात्रा गरेको थिए। त्यो सम्झना मलाइ अहिले पनि छ।
त्यसैले यस पटक पनि मध्यपूर्वमा इजरायल र हमास बिच भएको युद्धको तुवाँलो भित्रबाट हाम्रो जहाजले यात्रा गर्ने छ भन्ने विश्वासमा थिए म। मेरो कमजोरी यही प्रकट भयो। यात्राको तयारीमा म्याप हेर्नु पर्थ्यो। हुन त मेरो इच्छा मध्यपूर्व मुलुक हुँदै जाओस् भन्ने थियो। तर जहाजले अर्कै बाटो तय गर्यो। प्यासिफिक ओसन माथिबाट। प्यासिफिक ओसनको रुटबाट मेरो पहिलो यात्रा थियो।
आर डी यूबाट १.३२ मा जहाज उड्यो। जहाज सार्लोट हुँदै एट्लान्टा तिर लाग्यो। एक घण्टा २० मिनटमा तीन सय ५६ माइल्स पार गरेर हार्टफिल्ड्स ज्याक्सन एट्लान्टा इन्टरन्यास्नल एयरपोर्टमा अवतरण गर्यो जहाजले । तीन घण्टाको ट्रान्जिट समय थियो। अमेरिकाको सबैभन्दा व्यस्त ठुलो एयरपोर्ट मानिने रहेछ हार्टस्फिल्ड ज्याक्सन एट्लान्टा इन्टरनेस्नल एयरपोर्ट। मैले सधैँ जस्तो सोचे तर मेरो सोच भन्दा धेरै फरक रहेछ हार्ट फिल्ड ज्याक्सन एट्लान्टा इन्टरन्यास्नल एयरपोर्ट। कम्तीमा तीन घण्टाको ट्रान्जिट समय चाहिने रहेछ। यो रुटबाट यात्रा गर्दा।
लसएन्जल्सका लागि जहाजले एट्लान्टा छोड्यो। साउथ वेस्ट हुँदै जहाज क्यालिफोर्निया तिर लाग्यो। जहाजले एट्लान्टा जर्जियाबाट अर्कान्सास,ओक्लाहामा,डलास न्यु मेक्सिको र अरिजोना हुँदै चार घण्टा ४५ मिनटको उडान समयमा १९ सय ७६ दशमलव २५ माइल्स पार गरेर नर्थएट्लान्टिक ओसनबाट नर्थ प्यासिफिक ओसनको यात्रा पुरा गर्यो। मेरो लसएन्जल्समा पनि तीन घण्टाको ट्रान्जिट समय थियो। जहाजले लिएको रुट र मेरो सोचमा धेरै अन्तर भयो।
प्यासिफिक ओसन भित्रका टापुहरू
जहाजले समुद्र माथिबाट उडान गरिरहँदा,जहाँ कुनै देश थिएन। सुनसान र निर्जन थियो। तर कतै कतै साना साना टापुहरू देखिन्थ्यो । प्यासिफिक ओसन माथिको जहाजको रुटमा नाम सुनिएका सामुद्रिक टापुहरू -होनोलुलु, बनाना बिच ,हवालियन प्यराडाइज पार्क, क्याप्टेन कुक,भानु वटा ,अटा फू भिलेज ,सुभा र अपि टापुहरू माथिबाट जहाज उडिरहेको थियो।
प्यासिफिक ओसनमा हजारौँ टापुहरू छन् जसलाई खोजी गर्दा भेटाइनेछ तर कठिन । मानिसहरूले खोजी गरेर नामा करण गरिएका दर्जनौँ टापुहरूमा मानिसहरूको समेत बसोबास रहेको भनिन्छ। कतिपय टापुहरूको नामा करण गरेर पनि मानिसहरूको बसोबास नभएका र नामा करण हुन बाँकी बिसौँ हजार टापुहरू प्यासिफिक ओसन भित्र रहेका हुन सक्छन्। खोजिभएर नामा करण गरिएका सामुद्रिक टापुहरू यस भन्दा पहिल्यै सुनिएका नामहरूमा पर्ने रहेछन्।
खोजी भएर नामाकरण गरिएका प्यासिफिक ओसनलाइ रोमाञ्चित बनाउने टापुहरू
(हवाईयन, स्वर्ग पार्क – हिलो-कैलुआ -कोना समुद्र तटहरू ,LeilaniEstates, महासागर दृश्य, हिमाल दृश्य, Kawaihae ,Waikoloa गाउँ
Waimea ,कपाउ ,कालाओआ ,
कप्तान कुक ,Holualoa ,ऐनालोआ , हवाई, समुद्रतट ,हिलो, किहेई, लहाइना वाइलुकु ,काहुलुई, पुकलानी ,keokea, हाइकु-पौवेला ,Wailu ,हन्ना ,क्वालापु, कौनाकाकाई,कालाउपापा ,उलापु ,Waialua, पपुकेआ,स्कोफिल्ड, ब्यारेक, वाहियावा ,वाइपाहु, मोती शहर,वाइमालु, हलवा ,होनोलुलु, कपोली ,EwaGentry,
मिलिलानी ,अहुइमानु, कानोहे, कैलुआ, समुद्री, फसल बेस, हवाई, वाइमानालो, केकहा ,कालाहो, पुही ,लिहुए,हानामाउलु,Wailua ,Homestead,
कप्पा ,Kilauea, हाना, ले ,wainiha ,पु उवाई
ओफु-ताउ टाफुना ,Apia-mulifanua ,असाउ)पर्ने रहेछन्।
यात्रामा सबथोक थियो खुसी थिएन
त्यस बिचमा मैले धेरै कुरा सोचे, सुख,आनन्द र रमाइलो यही हो। मलाइ लाग्यो मैले सुख आनन्द र रमाइलोलाइ सँगै लिएर आएको छु। तर खुसी मसँग थिएन । मैले जीवनमा सुख,आनन्द र रमाइलो विभिन्न विषय र रागहरूबाट प्राप्त गरे पनि खुसी प्राप्त कसरी हुन्छ? भन्ने विषय मेरा लागि महत्त्वपूर्ण बनिरहेको छ। खुसी प्राप्त गर्न मैले भौतिक,अभौतिक साधनहरूको प्रयोग गरेको छु।
संसारका धेरै भूभागको यात्रा गरेको छु। पानी माथि र जमिन माथिको यात्रा पनि गरेको छु।एट्लान्टिक ओसन ,प्यासिफिक ओसन देखि इन्डियन ओसनको रमाइलो पनि देखेको छु। ती यात्राहरूमा सुख थियो, आनन्द थियो र रमाइलो थियो। तर त्यहाँ पनि खुसी थिएन। मैले अहिलेसम्म खुसी भेटाइन। समुद्रमा पाइने आनन्द,आकाशमा उड्दा पाइने सुख र संसारको सतत जीवनले दिने झिलिमिलीको रमाइलो कसलाई हुँदैन र ! तर ती सबै प्राप्त भए पनि खुसी भने प्राप्त गर्न कठिन रहेछ।
पहिलो पटक मैले खुसी त्यति बेला मात्र प्राप्त गरेको थिए। जति वेला मेरी आमाले मायालु शब्दले सम्बोधन गर्दै काखमा राखेर आफ्नो दूध चुसाउनु भएको थियो। म भोकाएको थिए। आमा थाक्नु भएको थियो। आमाको थकाइ र मेरो भोक एकैचोटी मेटिएको क्षण नै मैले खुसी प्राप्त गरेको क्षण थियो। तर त्यो खुसी धेरै समय सम्म रहेन। बिस्तारै दुःखहरू नजिकिँदै आए दुःखले सुख खोज्न थाल्यो र सुख आनन्द र रमाइलो खोज्ने क्रममा मैले आमाबाट प्राप्त गरेका ती खुसीहरू आज म सँग छैनन्।
त्यस्तै खुसी म आज खोज्दै हिँडेको छु। मैले सुख धेरै प्राप्त गरे,आनन्द पनि लिए र रमाइला क्षणहरू पनि बिताए। मलाइ दुःख उपहार दिनेहरूले नै बिस्तारै सुख ,आनन्द र रमाइलो दिँदै गए। म रमाउँदै गए। ऊ सँग, उसँग मात्र होइन त्यहाँ ,त्यहाँ पनि रमाउँदै गए। सबैसँग रमाए तर कसैबाट पनि र कतैबाट पनि खुसी प्राप्त गर्न सकेको छैन खुसी खोज्दै हिँडेको छु। त्यो खुसी न जमिनमा पाए न आकाशमा पाए न पानीमा पाए न घाममा पाए। आमाबाट फुत्किएको खुसी जीवन भर खोज्दै हिँड्नु परेको छ। के यो खुसी प्राप्त होला र?
अमेरिकी समयको प्रभाव
अनगिन्ती सामुद्रिक टापुहरू हेर्दै एक रात र एक दिन बितेको पत्तै पाइएन। प्यासिफिक ओसनमा अमेरिकी समयको प्रभाव निरन्तर रहिरह्यो। जब जहाजले अस्ट्रेलिया ल्यान्ड गर्न चालिस मिनट रहेको सङ्केत गर्यो तवमात्र अमेरिकी समयले छोड्यो र घडीमा अस्ट्रेलियन समयले राज गर्यो।
यसरी हेर्दा प्यासिफिक ओसनको पुरापुर भागमा अमेरिकाको प्रभाव परेको रहेछ। मैले त्यही बुझे। प्यासिफिक ओसन सबैभन्दा ठुलो ओसन हो जसले पृथ्वीमा २८% जमिनको भाग ओगटेको छ। यसले धन्दै १६९४७९००० स्क्वाएर किमी ठाउँ ओगटेको छ र धन्दै पृथ्वीको आधा भाग ओगटेको छ प्यासिफिक ओसनले ।४२८० किमी गहिरो प्यासिफिक ओसन अमेरिका भन्दा १५ गुना ठुलो रहेछ।
प्यासिफिक ओसनका बोर्डरका देशहरू चिली,पेरू, इक्वेडर, पपुवा न्यु गिनी ,जापान र अस्ट्रेलिया पर्ने रहेछन् भने अमेरिकाका राज्यहरू अलस्का ,वासिगंटन डिसी, ओरेगन ,क्यालिफोर्निया र हवाइ पर्ने रहेछन्। त्यसैले पनि अमेरिकाको समय लागु हुने रहेछ। प्यासिफिक ओसनले छोएका देशहरूमा जाँदा ती देशहरूको प्यासिफिक ओसनमाथि स्वामित्व कति छ भन्ने कुरा त्यो देशको समयले निर्धारण गर्ने रहेछ जस्तो लाग्यो मेरो अनुभवमा तर एट्लान्टिक ओसन माथिको स्वामित्व भने नर्थ अमेरिका,साउथ अमेरिका, युरोप,अफ्रिका र एसियाका १३३ देशको रहेछ।
टी–मोबाइलले दिएका सूचनाहरू
जहाजले यात्राको अन्त्यसम्म अकल्याण्डलाइ दायाँ र होनोलोलुलाई बायाँ पारेर उडान गरिरह्यो। रातमा निदाइयो वा दिनमा ,थाहा भएन। रात र दिन उस्तै लाग्थ्यो जहाज भित्र। म जस्तो यात्राको जिज्ञासु अरू थिए ,थिएनन् थाहा भएन। तर पनि मलाइ रात र दिन छुट्टाउन गाह्रो भयो। हाम्रो क्याबिनमा धेरै सिटहरू खालि थिए।
त्यसैले यात्रुहरू सुत्नमा व्यस्त थिए। मैले पनि सिट परिवर्तन गरेर झ्यालमा पुगेको थिए। मसँग भएको टी मोबाइलले मलाइ सूचना दिइरह्यो। समय र स्थान अनुसार टी मोबाइलले सूचना प्रवाह गरिरहन्थ्यो। टी मोबाइलको सूचनाका आधार मैले धेरैकुरालाइ जानकारीमा लिएको थिए।
टी मोबाइलले मलाइ यात्राको आनन्द दिइरहेको थियो। एक किसिमले टी मोबाइल मेरो यात्राको अटुट साथी थियो। टी मोबाइलले प्यासिफिक ओसनमा अस्ट्रेलियाको टेरिटोरीको सङ्केत गर्यो। समय फेरियो। अमेरिकाबाट प्रारम्भ भएको यात्रा निरन्तर साउथ वेष्ट हुँदै अन्ततः अस्ट्रेलियाको सिड्नी किङ्गसफोर्ड स्मिथ इन्टरन्यासनल एयरपोर्टमा अवतरण गर्यो डेल्टा एयरबस ३५० ले अस्ट्रेलियन समय बिहानको ८.२४ बजे,नोभेम्बर १४ २०२३
कमल खनाल, तनहुँ
र यो पनि…
अमेरिकामा न्यायिक प्रक्रियामा सामाजिक मान्यता:कमल खनाल