दिनबन्धु पोखरेलबाट भर्जिनियामा त्रिदिवशीय श्रीमद्भागवत तथा पूर्वीय दर्शन सम्बन्धी प्रवचन हुने

वासिङ्टन डिसी/वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलबाट त्रिदिवशीय श्रीमद्भागवत तथा पूर्वीय दर्शन सम्बन्धी प्रवचन हुने भएको छ।
विश्व हिन्दु महासंघ अमेरिकाको आयोजनामा आध्यात्मिक सत्सङ्ग प्रवचन हुन लागेको हो।
अमेरिकाको भर्जिनियास्थित सेन्ट्ली सहरमा नोभेम्बर १७ देखि तीन दिन सम्म प्रवचन हुने छ।
कार्यक्रम कुनै पनि किसिमको फण्डरेजको उद्देश्य नभई समस्त हिन्दु धर्मावलम्बी नेपाली भाषीलाई जोड्ने विशुद्ध प्रवचन भएको महासंघका महासचिव अरुण रुपाखेतीको भनाइ छ।
डिसी महानगर वरपर रहने सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूलाई उपस्थित भई पुण्य आर्जन गर्नको लागि आयोजक कमिटीले हार्दिक अनुरोध गरेको छ ।
Address : 4501 Pleasant Valley Rd. Chantilly VA 20151
कार्यक्रम: धार्मिक तथा आध्यात्मिक सत्सङ्ग प्रवचन
आयोजक: विश्व हिन्दु महासंघ, अमेरिका ।
समय: ३ बजेदेखि November 17,18,19 ।
सम्पर्क: अरुण रुपाखेती (703) 909-7123
बिना पोखरेल: (571)-314-4675
विजया शाह: (703) 300-7761