अस्मिता अधिकारीको ह्यारिसबर्गको कार्यक्रम रद्द

ह्यारिसबर्ग/ पेन्सिलभेनियाको ह्यारिसबर्गमा गायिका अस्मिता अधिकारीको आज (नोभेम्बर १७ तारिख शुक्रवार ) हुने भनिएको कार्यक्रम अन्तिम समयमा रद्द भएको आयोजकले जनाएको छ।
एके म्यानेजमेन्टको आयोजनामा कार्यक्रम हुँदै थियो। म्यानेजमेन्टका सिइयो आलोक कार्कीले कार्यक्रम आयोजना गरिने भनिएको हलको कारण आफूहरूले अप्रिय निर्णय गर्नु परेको बताएका छन्।
‘ह्यारिसबर्गको कोलोनियल पार्क मलमा अवस्थित फायर लाउन्ज एण्ड बार द्वारा अव्यवसायिक कार्यको कारण पूर्व-घोषित कार्यक्रम एके म्युजिकल नाइट रद्द गरिएको घोषणा गर्न पर्दा हामी धेरै दुःखी छौँ।’ कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले फायर लाउन्ज एण्ड बार द्वारा बारले अन्तिम समयमा कार्यक्रम गर्न नसक्ने सूचना दिएको बताएका छन्।
‘हामीलाई अन्तिम क्षणमा सूचित गरियो कि फायर लाउन्ज एण्ड बार कार्यक्रमको लागि तयार छैनन्। तर, बारको व्यवस्थापनलाई एक महिनाअघि नै सूचित गरिएको थियो र नोभेम्बर १७ गते हुने कार्यक्रमका लागि सम्झौता गरिएको थियो ।’ कार्कीले लेखेका छन्, ‘यो घटना पछि, हामीले फाइर लाउन्ज र बारको प्रवर्द्धनमा प्रतिबन्ध लगाउने निर्णय गरेका छौँ, र घटनास्थल विरुद्ध थप कारबाही गरिनेछ।’
कार्कीले दर्शकमा पर्न गएको असुविधाको लागि क्षमा मागेका छन्।
फायर लाउन्ज एण्ड बारले भने पब्लिक सेफ्टीका लागि आफूहरूमा हुने पूर्व निर्धारित सबै कार्यक्रम रद्द गरिएको जनाएको छ। फायर लाउन्ज एण्ड बार द्वारा किचेन म्यानेजर विनोद कोइरालले आफूहरू नयाँ रहेको र पब्लिक सुरक्षाको बारेमा अत्यन्त गम्भीर रहेको बताए।
‘आजको कार्यक्रम मात्र होइन १८ तारिखका लागि तय भएको राहुल एण्ड ब्यान्ड र २५ तारिखका लागि तय भएको इन्डियन आइडल अमित पलको कार्यक्रम पनि हामीले रद्द गरेका छौ, अन्य कुनै कारण होइन पब्लिक सेफ्टीका लागि हो।’
उनीले एके म्यानेजमेन्ट सँग कुनै लिखित सम्झौता नभएको पनि बताए।
स्रोतका अनुसार अघिल्लो साता गायक प्रकाश सपुतको कार्यक्रम पछि उत्पन्न परिस्थितिले फायर लाउन्ज एण्ड बार कार्यक्रमका लागि अन इच्छुक भएको हो।
प्रकाश सपुतको कार्यक्रम पछि बार बाहिर केही व्यक्ति बिचमा विवाद भएको जनाइएको छ।
अस्मिता सँगै अमेरिका टुरमा आएका गायक हडकुलस बस्ने व्यवस्थापक सँगको मनमुटाब पछि न्यु योर्कको कार्यक्रम बहिस्कार गर्दै नेपाल फर्किएका थिए।