नर्थ क्यारोलाइना ‘रमाइलो साँझ’ हुँदै
नर्थ क्यारोलाइना/ तिहारको उपलक्ष्यमा अमेरिकाको नर्थ क्यारोलाइना रमाइलो साँझ कार्यक्रम हुने भएको छ।
सगरमाथा सूचना तथा सांस्कृतिक केन्द्र अमेरिकाले कार्यक्रम आयोजना गर्न लागेको हो।
नोभेम्बर १७ तारिख हुने कार्यक्रममा इन्द्रेणीका प्रस्तोता कृष्ण कँडेल,गायक कृष्ण काफ्ले, हास्य कलाकार तथा जादुगर माधव त्रिपाठी, गायक वसन्त खड्का,नृत्याङ्गना हरिदेवी भट्टराई, गायक सुदन गैरे, गायक दीपक दवाडी, गायक विशाल भारती र १४४२ ब्यान्डको प्रस्तुति रहने छ।
रोयल बेक्वाइट हलमा कार्यक्रम साँझ ६ बजे देखि मध्य रात सम्म चल्ने छ।
कार्यक्रममा सहभागी हुन २० डलरको टिकट खरिद गर्नु पर्ने जनाइएको छ। दुई टिकट खरिद गर्दा एउटा निःशुल्क हुने आयोजकको भनाई छ। यो छूट १५ नोभेम्बर सम्म मात्र लागू हुनेछ ।