ह्यारिसबर्ग स्थित श्रीलक्ष्मी नारायण मन्दिर हरहरि धाममा देउसी भैलो र लक्ष्मी पूजा
ह्यारिसबर्ग/ अमेरिकाको पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा रहेको श्री लक्ष्मी नारायण मन्दिर हरहरि धाममा (5650 Lancaster St, Harrisburg, PA, United States, Pennsylvania) देउसी भैलो तथा लक्ष्मी पूजा हुने भएको छ।
हिन्दु धर्म र संस्कृति सङ्गठन (ओएचआरसी) दुवै कार्यक्रम आयोजना गर्न लागेको हो।
ओएचआरसीका बोर्ड सदस्य त्रिविक्रम न्यौपानेका अनुसार ११ तारिख शनिवार देउसी भैलो कार्यक्रम राखिएको छ।
दिउँसो तीन बजे देखी देउसी भैलो खेलिने छ। यसै गरी १२ तारिख साँझ ६ बजे देखि लक्ष्मीपूजा हुने छ।
देउसी भैलो र लक्ष्मी पूजामा आफ्ना बालबालिका सहित सबैलाई उपस्थित हुन ओएचआरसीले आह्वान गरेको छ। देउसी भैलोमा सहभागी हुनेले सांस्कृतिक पहिरनमा सजिन अपिल गरेको छ।