अन्तर्राष्ट्रिय अडिट कम्पनीलाई एनएआरएनको निर्वाचनबारे जाँचबुझ गर्न जिम्मा दिने वद्री समूहको निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. बद्री केसी समूहले ११ औं महाधिवेसनमा भएको निर्वाचन प्रकृयमा उठेका प्रश्नहरुको निवाकरण गर्न अन्तर्राष्ट्रिय अडिट कम्पनीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले विभिन्न निर्णयहरु गर्दै अन्तर्राष्ट्रिय अडिट कम्पनीलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
१९ अक्टोबरमा भएको निर्वाचनको मत परिणाम सार्वजनिक गर्दा काठमाडौंबाट मतदान गरेका उम्मेदवार डा. केशव पौडेलको सून्य मत आएपछि विवाद बल्झिएको थियो । सोही विवाद बढ्दै जाँदा केसी पक्षले सोल्टी होटेलमा सपथ ग्रहण गरेको थियो भने अध्यक्षका प्रत्यासीहरु आरके शर्मा र महेश श्रेष्ठ समूहले हिमालय होटेलमा अर्को सम्मेलन गरेर समानान्तर समिति गठन गरेको घोषणा गरेको थियो ।
तर, निर्वाचनको विषयलाई लिएर अध्यक्षका प्रत्यासीद्वय आरके शर्मा र महेश श्रेष्ठलाई छानविनका लागि प्रतिनिधि तोक्न दुई पटक पत्राचार गरिए पनि अझै नाम प्राप्त नभएको केसी समूहले जनाएको छ । फेरि एक पटक आजको बैठकले पुनः पत्रचार गर्ने निर्णय पनि गरेको छ । यस्तै, अर्को समूहले संघको नाम र लोगो अनधिकृत रुपमा प्रयोग गर्दै आएका बिभिन्न समूहलाई कानूनको दायराभित्र ल्याएर समस्याको समाधान खोज्ने निर्णय पनि बैठकले गरेको छ । आजको बैठकमा ११ औं महाधिवेशनको निर्वाचनमा सपथ लिन छुटेका पदाधिकारी तथा आइसीसी सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका थिए ।
अनलाइनबाट सपथ दिलाउने काम नगर्न, नगराउन एनआरएनए शर्मा समूहको आग्रह
यसैगरी बैठकले फडिन्द्र पन्तलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । पन्तले यसअघि संघको कोषाध्यक्ष पदको जिम्मेवारी समालेका थिए ।
यस्तै, बैठकले संघका उपाध्यक्षहरुलाई विभागिय जिम्मेवारी समेत तोकेको छ । संघका अनुसार १०० मिलियन तथा फेलेक्सी परियोजनाको प्रमुखमा डा. बद्री केसी, सदस्य सचिवमा टिका गुरुङ, संगठन तथा प्रशासन प्रमुखमा महासचिव गौरीराज जोशी र सदस्य सचिवमा प्रविण गुरुङ, सोम सापकोटा तोकिएका छन् ।
यस्तै आर्थिक विभागमा सुदन थापा र सदस्यसचिवमा सहकोषाध्यक्षहरु रहने भएका छन् । संघको परोपकार विभागमा संघका उपाध्यक्ष डा. हेम राज शर्मा र सदस्य सचिवमा नवराज रोस्यिारा तोकिएका छन् ।
बैठकले नेपाल प्रर्वधन विभागको प्रमुखमा रविन शेरचन, सदस्य सचिवमा भीम कमल केसी, वैदेशिक रोजगार विभागको प्रमुखमा राज रेग्मी सदस्यसचिवमा मनोज गोर्खाली, एनआरएन सामाजिक कल्याण विभाग प्रमुखमा रामशरण सिमखडा, सदस्यसचिवमा स्वतन्त्र प्रताप, सिप तथा प्रविधि विभागिय प्रमुखमा डा. विनोद श्रेष्ठ, सदस्यसचिवमा डा. ज्ञानेन्द्र रेग्मी, लगानी विभाग प्रमुखमा डा. केशव पौडेल, सदस्यसचिवमा पारसमणी पोखरेल, महिला विभाग प्रमुखमा रोजिना राई, सदस्यसचिवमा अनुजा प्रधान र युवा विभागको प्रमुखमा रोशन थापा, सदस्यसचिवमा सुपेन्द्र घिसिङलाई जिम्मेवारी तोकिएको छ ।