विदेशमा बस्ने नेपालीको मतदाता नामावली संकलन कार्यविधि मस्यौदा तयार

काठमाडौं । विक्रम सम्वत् २०८४ सालमा हुने आम निर्वाचनका बेला समानुपातिकतर्फ विदेशमा बस्ने नेपालीहरुलाई पनि मताधिकार दिने तयारी गरेको निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अध्यावधिक गर्ने कार्यविधि तयार गरेको छ ।
आयोगले आज आफ्नो आधिकारिक वेभसाइटमा ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अध्यावधिक कार्यविधि २०८०– मस्यौदा’ सार्वजनिक गर्दै सुझाव माग गरेको छ ।
मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कुटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने प्रस्ताव गरिएको छ ।
कार्यविधिको मस्यौदामा के छ त ?








