इजरायलबाट २५३ नेपालीको उद्धार [फोटोफिचर]

काठमाडौं । इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारकार्य सुरु भएको छ । हमास विद्रोहीको आक्रमणका कारण १० जना नेपाली विद्यार्थी मारिएका छन् भने झण्डै ४ सय जनाले नेपाल फर्कनका लागि नाम टिपाएका छन् ।
पहिलो खेपमा सरकारले २५३ नेपालीलाई उद्दार गर्न लागेको हो । उनीहरुलाई लिनका लागि वुधबार राति नेपाल एयरलाइन्सको विमान गएको थियो । उक्त विमानमार्फत २५३ नेपाली स्वदेश फिर्ता हुन लागेको र राति ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गर्ने परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ ।
हेरौं सचिवालयले जारी गरेका तस्वीरहरु


