महिला भलिबलमा नेपाल ११ औं स्थानमा
काठमाडौं । १९ औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल ११ औं स्थानमा रहेर प्रतियोगिता टुंग्याउन सफल भएको छ । आज विहान भएको खेलमा नेपालले मंगोलियामाथि ३–२ को सेटमा जित निकाल्दै ११ औं स्थान पक्का गरेको हो ।
पहिलो सेट १७–२५ ले मंगोलियालाई सुम्पिएको नेपालले दोस्रो र तेस्रो सेट लगातार जित निकालको थियो । नेपालले दोस्रो सेट २५–१८ ले जित्दा तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै २–१ को अग्रता लियो ।
चौथो सेटमा लय गुमाउँदा नेपालले १८–२५ ले मंगोलियालाई सुम्पिए पछि पाँचौं सेटमा खेल पुग्यो । जसमा नेपालले १५–१२ ले जित निकालेको हो । पहिलो पटक एसियाली खेलकुद खेलेको नेपाली महिला टोलीले पहिलो जित निकालेको हो ।