विश्वकप क्रिकेटमा पाकिस्तान विजयी

अहमदावाद । आइसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले विजयी सुरुआत गरेको छ । राजीव गान्धी क्रिकेट स्टेडियममा आज भएको खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले पराजित गरेको हो ।
पाकिस्तानले दिएको २८७रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४१ ओभरमा २०५ रनमा रोकिन पुग्यो । नेदरल्याण्ड्सका लागि विक्रमजीत सिंह र बास डी लिड्सले अर्धशतकीय पारि खेले पनि हार टार्न पर्याप्त रहेन ।
सिंहले ५२ रन बनाउँदा लिडले ६७ रन बनाएका थिए । लोगन भान बेक २८ रनमा नटआउट रहे । पाकिस्तानका हेरिस रौफले सर्वाधिक ३ विकेट लिँदा हसन अलिले २ विकेट लिए ।
पहिला ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभरमा सवै विकेट गुमाएर २८६ रन बनाएको थियो । पाकिस्तानका मोहम्मद रिजवान र साउद सकेलले ६८–६८ रन बनाएर पारि उकासेका थिए ।
सदाव खानले ३२ रन बनाउँदा मोहम्मद नवाजले ३९ रन जोडे । नेदरल्याण्ड्का बास डी लिडसले सर्वाधिक ४ विकेट लिँदा कोलन अकरमनले २ विकेट हात पारे ।