भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा

पेन्सिल्भेनिया । भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भएको छ । भौतिक शास्त्र २०२३ को नोबेल पुरस्कार संयुक्त रूपमा पियरे अगस्टिनी, फेरेन्क क्राउज र एनी ल’हुलियरलाई प्रदान गरिएको छ । यो सम्मान इलेक्ट्रोनमा अध्ययनका लागि प्रदान गरिएको हो । यो पुरस्कार प्रयोगात्मक विधिहरूका लागि दिइएको छ । जसमा पदार्थमा इलेक्ट्रोनहरूको गतिशीलता अध्ययन गर्न प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गरिएको थियो। एनी हुलियर भौतिकशास्त्रको यस क्षेत्रमा नोबेल पुरस्कार पाउने पाँचौं महिला बनेकी छन्।
गत वर्ष भौतिकशास्त्रको नोबेल पुरस्कार एलेन एस्पेक्ट, जोन एफ क्लाउजर र एन्टोन जेलिङ्गरलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । एलेन एस्पेक्ट फ्रान्सेली भौतिकशास्त्री हुन् । जोन एफ क्लाउजर अमेरिकी वैज्ञानिक र एन्टोन जेलिङ्गर अस्ट्रियाका वैज्ञानिक हुन् । यी वैज्ञानिकहरूको प्रयोगले क्वान्टम सूचनामा आधारित नयाँ प्रविधिको लागि सहजता प्रदान गरेको थियो ।
यसअघि सोमबार फिजियोलोजी वा मेडिसिन क्षेत्रका लागि यो नोबेल पुरस्कार विजेताको नाम घोषणा गरिएको थियो । यस वर्ष, क्याटालिन क्यारिको र ड्र्यू वेइसम्यानलाई चिकित्सा तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । उनलाई यो सम्मान न्यूक्लियोसाइड आधार परिमार्जनसँग सम्बन्धित उनको खोजको लागि दिइएको हो । यो खोजले कोरोनाभाइरस अर्थात् कोभिड-१९ विरुद्धको प्रभावकारी खोपको विकासमा मद्दत गर्यो।
गत वर्ष स्युकुरो मनाबे, क्लाउस होसेलम्यान र जर्जियो पेरिसीलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो । जटिल भौतिक प्रणालीहरूको हाम्रो बुझाइमा सुधार गरेकोमा उनीहरुलाई यो पुरस्कार दिइएको हो ।
स्युकुरो मनाबे र क्लाउस होसेलम्यानले ‘स्ट्रेन्थनिङ फिजिकल मोडलिङ अफ अर्थ’स क्लाइमेट’ र ‘प्रेडिक्शन अफ ग्लोबल वार्मिङ’का लागि अवार्ड जितेका छन्। पेरिसीलाई ‘परमाणुदेखि ग्रहको मापनसम्म भौतिक प्रणालीमा हुने उतार चढावको संयन्त्र पत्ता लगाउन’ नोबेल पुरस्कार प्रदान गरिएको थियो।
नोबेल पुरस्कारको घोषणा सोमबारदेखि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कारसँगै सुरु भएको छ । अब रसायन शास्त्रमा प्रदान गरिने नोबेल पुरस्कार विजेताको नाम बुधबार र साहित्यमा बिहीबार घोषणा गरिने छ । यसबाहेक नोबेल शान्ति पुरस्कार शुक्रबार घोषणा गरिने छ भने अर्थशास्त्रको क्षेत्रमा यो पुरस्कार विजेताको घोषणा अक्टोबर ९ मा गरिने छ ।
अवार्डमा ११ मिलियन स्विडिस क्रोनर, वा १० मिलियन अमेरिकी डलर नगद पुरस्कार पाउँछन् ।
