बझाङ केन्द्रविन्दू भएर भूकम्पको धक्का महसुस, केही घरहरुमा क्षति

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निट्यूडको भूकम्प गएको छ । अपराह्न ३ बजेर ६ मिनेट जाँदा गएको भूकम्पको धक्का बझाङ आसपासका जिल्लाहरू सहित भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस भएको थियो ।
त्यसअघि मंगलबार दिउँसो २:४० मा बझाङको तालकोटलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो ।
बझाङ जिल्लाभरि विभिन्न ठाउँमा घरहरू भत्किएको छ । अहिलेसम्म मानवीय क्षतीको कुनै विवरण भने आइसकेको छैन ।
उक्त भूकम्पको धक्का काठमाडौंमा पनि महशुस भएको थियो ।