‘ॐ’ शब्द हटाउने निर्णयको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाली बृहत् शब्दकोशबाट ‘ॐ’ शब्द हटाउने निर्णय भएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको र उक्त मुद्दाको निरुपणका लागि ‘एमिकस क्यूरी’ गठन भएको समाचार असोज ४ मा सञ्चारमाध्यममा प्रकाशित भएको थियो ।
त्यसयता यो विषयलाई निरन्तर चर्चा पाइरहेको छ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले मंगलबार काठमाडौंमा ‘ॐ’ हटाउन लागिएको विरोधमा भन्दै मशाल जुलुस प्रदर्शन गरेको छ ।
उनीहरुले काठमाडौंको आरआर क्याम्पस अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीहरुले उनीहरुले धर्म परिवर्तन बन्द गर, धर्म मास्न पाइदैन, ‘ॐ’ अक्षर हटाउन पाइदैन, डलरवादी होसीयार, हिन्दु राष्ट्र कायम गर लगाएतका नारा लगाएका थिए ।