‘संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन मेरो उम्मेदवारी’: प्रकाश सापकोटा
पेन्सिल्भेनिया,अमेरिका/ गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षत्रेका क्षेत्रीय संयोजक प्रकाश सापकोटाले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
उनले संस्थालाई पारदर्शी बनाउनका लागि आफूले सचिव पदमा उम्मेदवारी दिन लागेको बताएका छन्।
‘संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन यहाँहरूको साथ, सहयोग, समर्थन, सद्भाव र सुझावको पूर्ण अपेक्षा राखेको छु।’ सापकोटाले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘आगामी निर्वाचनमा मलाई सचिव पदमा विजयी गराउनको लागि प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सबै अभियन्ताज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यहाँको अमूल्य मतको समेत अपेक्षा गरेको छु।’
नेपालमा धादिङ्ग जिल्लाका सापकोटा हाल अमेरिकाको कोलोराडोमा व्यवसाय गर्दै आएका छन्।
आइटी, एकाउन्निङ्ग एन्ड फाइनाल्सियल र रिटेलमा क्षेत्रमा सक्रिय छन्। नेपालमा रहँदा उनी पर्यटन व्यवसायमा सक्रिय थिए।
सन् २०११ देखि एनआरएनए अभियानमा निरन्तर लागेका सापकोटा २०१५ मा एनसीसी अमेरिकाको सह कोषाध्यक्ष निर्वाचित भएका थिए। सन् २०१७ मा पहिलो पटक आइसीसी सदस्य निर्वाचित सापकोटा २०१९ मा आइसीसीको मानार्थ सदस्य भएका थिए।
एनआरएनए आइसीसी निर्वाचनमा सचिव पदका उम्मेदवार सापकोटाको अपिल
आदरणीय दाजुभाइ, दिदीबहिनी, सामाजिक अभियन्ताज्यूहरू, तथा पत्रकारज्यूहरूमा नमस्कार ।
सर्वप्रथम विभिन्न देशहरूबाट गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् मा २०२३-२०२५ का लागी निर्वाचित अध्यक्षज्यूहरू, पदाधिकारीज्यूहरू तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा निर्वाचित आई.सी.सी. सदस्यज्यूहरू, साथै ११ औँ अन्तर्राष्ट्रिय सम्मेलनका लागी छनौट हुनुभएका प्रतिनिधिज्यूहरूप्रति हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।
आगामी अक्टोबरमा हुने ११ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा मेरो उम्मेदवारीको बारेमा चासो, चिन्ता, उत्साह र खुसी व्यक्त गर्नु हुने मेरा शुभचिन्तक, हितैषी मित्रहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। म गैर आवासीय नेपाली सङ्घको अभियानमा लामो समय देखी निरन्तर लागि रहेको यहाँहरूलाई जानकारी गराउँदै गैर आवासीय नेपाली सङ्घको आगामी निर्वाचनमा मैले सचिव पदमा उम्मेदवारी दिने निर्णय गरेको यहाँहरूलाई अवगत गराउन चाहन्छु। संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन यहाँहरूको साथ, सहयोग, समर्थन, सद्भाव र सुझावको पूर्ण अपेक्षा राखेको छु। आगामी निर्वाचनमा मलाई सचिव पदमा विजयी गराउनको लागि प्रत्यक्ष र अप्रत्यक्ष भूमिका निर्वाह गर्नुहुने सबै अभियन्ताज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यहाँको अमूल्य मतको समेत अपेक्षा गरेको छु।
धन्यवाद !
प्रकाश सापकोटा
क्षेत्रीय संयोजक, अमेरीकाज
तथा
सचिव पदको उम्मेदवार
गैर आवासीय नेपाली सङ्घ
अन्तर्राष्ट्रिय समन्वय परिषद्
(२०२३ – २०२५)