अमेरिकाको भर्जिनियामा वीपीको सम्झना गरिँदै

पेन्सिल्भेनिया, अमेरिका / नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरले नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला (वीपी) को एक सय दशौँ जन्म जयन्ती मनाउने भएको छ।
भर्जिनिया च्याप्टरका कार्यवाहक सभापति याम कुमार सिटौलाका अनुसार सेप्टेम्बर २४ तारिख आइतबार दिउँसो एक बजे च्याप्टिली क्षेत्रीय पुस्तकालयमा (4000 Stringfellow Rd,Chantilly, VA, 20151) कार्यक्रम तय गरिएको छ।
‘मुख्य तय वीपीलाई सम्झिने कार्यक्रम हो।’ कार्यवाहक सभापति सिटौलाले समाज टाइम्स सँग भने,’ नेपाली राजनीतिका उच्च व्यक्तित्व वीपीको तस्बिरमा माल्यार्पण गर्नुका साथै उहाँका राजनीतिक र साहित्यिक जीवनका बारेमा चर्चा हुन्छ।’
कार्यक्रममा सबै विचारधाराका व्यक्तित्वलाई आमन्त्रण गरिएको सिटौलाले बताए। ‘उहाँ कांग्रेसको मात्र नेता होइन, बहुआयमिक हो, त्यसैले सबै विचारका व्यक्तिलाई बोलाएका छौ।’ सिटौलाले भने,’उहाँका राजनीति र साहित्य जीवनका बारेमा चर्चा हुन्छ।’
कार्यक्रमको पूर्ण खाका अझै बन्दै गरेको भए पनि नेपाली कांग्रेसकी महिला नेत्री पूर्व मन्त्री तथा राष्ट्रिय सभा सांसद कमला पन्त सहितका नेताहरूको कार्यक्रममा उपस्थिति रहने सिटौलाको भनाई छ।
‘साहित्यकार कृष्ण धारावासीले वीपीको बहुआयमिक व्यक्तित्वको बारेमा बोल्नु हुनेछ। यस्तै लेखनाथ भण्डारीले वीपीकै बारेका किताब पनि लेख्नु भएको छ उहाँलाई पनि वीपीको बारेमा बोल्न दिने भएका छौ।’ सिटौलाले भने।
सिटौलाले भर्जिनिया र आसपासका सबैलाई कार्यक्रममा उपस्थितिको लागि आग्रह गरे।