एसियाली खेलकुद २०२३ : पुरुष भलिबलमा लगातार दोस्रो हार, नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ । नेपाली पुरुष भलिबल टिम हाङचउ एसियन गेम्स खेलकुदमा लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह बी को आफ्नो दोस्रो खेलमा शक्तिशाली इरानसँग सोझो सेटमा पराजय व्यहोरेको नेपाल प्रतियोगिताबाटै बाहिरिएको हो ।
चाइना टेक्स टाइल कभर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट सजिलै गुमाएको थियो । त्यसपछिका दुई सेटमा भने केही बलियो प्रतिद्वन्द्वी ता पेस गर्न सफल रह्यो । नेपालले दोस्रो सेटमा दुईपल्ट अग्रता लिएता पनि त्यसलाई कायम गर्न सकेको थिएन ।
पछिल्ला दुई एसियाली खेलकुदमा पुरुष भलिबलमा स्वर्ण जितेको इरानले नेपाललाई २५–९, २५–१५ र २५–१३ ले हरायो ।
नेपाल यसअघि बहराइनसँग पनि पराजित भएको थियो ।