साफ यू–१९ फुटबल बिहिवार देखि, नेपाल र पाकिस्तान खेल्ने

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समुह चरणका खेल बिहिवार देखि काठमाडौंमा शुरु हुदैछ।
प्रतियोगितामा नेपालले पहिलो खेल बिहिवार नै पाकिस्तानसँग खेल्दैछ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अपराह्न ५ बजे बाट सुरु हुनेछ । त्यसअघि दिउँसो साढे १ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, भारत, बंगलादेश र भुटान सहभागी छन् ।
नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स छन् भने भारतको समूहमा बंगलादेश र भुटान छन् ।