एनआरएनएको पदाधिकारी संख्या ७४
पेन्सिल्भेनिया । गैर आवासीय नेपाली संघ एनआरएनको अक्टोबर १९ मा हुने निर्वाचनका लागि निर्वाचन समितिले कार्यतालिका बनाएको छ । अघिल्लो कार्यकालमा अध्यक्ष नै ३ जना र पदाधिकारीहरू थपेर जम्बो कार्यसमिति बनाएको आरोप लागेको एनआरएनएले यसपटक कोर्स करेक्सन गर्दै छ ।
निर्वाचन समितिले बनाएको कार्यतालिका अनुसार १ जना अध्यक्ष, ८ जना उपाध्यक्ष (महिला र युवा एक एक जना), महासचिव १ जना, उपमहासचिव २ जनाको व्यवस्था गरेको छ ।
एनआरएनएको निर्वाचन तालिका यस्तो, मनोनयन दर्ता अक्टोबर १२–१४ मा
यसैगरी ७ जना सचिव (एक जना महिला) हुने छन् । कोषाध्यक्ष १ जना हुँदा सहकोषाध्यक्ष भने ४ जना (महिला १ जना) रहने छन् । यसैगरी महिला संयोजक १ जना, युवा संयोजक १ जना रहने छन् । त्यस्तै, क्षेत्री संयोजक ६ जना (प्रत्येक क्षेत्रमा १ जना) हुने छन् । त्यसैगरी क्षेत्रीय उप संयोजक भने १७ जना हुने छन् । जसमा अफ्रिका क्षेत्रबाट २ जना हुँदा अरु क्षेत्रबाट ३ जनाका दरले हुने छन् ।
यस्तै, क्षेत्रीय महिला संयोजक ६ जना (प्रत्येक क्षेत्रबाट १) क्षेत्रीय महिला उप संयोजक ६ जना (प्रत्येक क्षेत्रबाट १) रहने छन् । क्षेत्रीय युवा संयोजक र उप संयोजक पनि ६–६ जना हुने छन् ।
यस्तै, दोस्रो पुस्ताका गैर आवासीय नेपाली संयोजक १ जना रहने छन् । निर्वाचन समितिका अनुसार पदाधिकारीको संख्या ७४ हुने छ ।