प्रहरीले चारित्रिक प्रमाणपत्रमा अभियोग वा कसुर उल्लेख नगर्ने

Getting your Trinity Audio player ready...
|
काठमाडौं । सरकारकाले ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका’ नयाँ बनाएको छ । राजपत्रमा सोमबार प्रकाशित निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन।
साथै अनलाइन आवेदन दिएको पाँच कार्य दिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ।
कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ।
यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भए पनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई मर्का परेको थियो।
साथै एक वर्षभन्दा कम सजाय हुने अपराधमा परेकाले पनि अब प्रहरी रिपोर्ट पाउने भएका छन् ।
