ह्यारिसबर्गमा ‘सांगलो: रिडिङ फर रेजिलेन्स’ कथा वाचन प्रतियोगिताका लागि रजिस्ट्रेसन खुला
ह्यारिसबर्ग, पेन्सिलभेनिया / पेन्सिल्भेनियाको ह्यरिसबर्गमा क्रियामाणा फाउन्डेसन को आयोजनामा तेस्रो वार्षिक ‘सांगलो: रिडिङ फर रेजिलेन्स’ कथा वाचन प्रतियोगिताका लागि दर्ता खुल्ला गरिएको छ ।
प्रतियोगिता सेप्टेम्बर ५ तारिख हुने जनाइएको छ ।
फाउण्डेशनका सिइयो भरत तिम्सिनाका अनुसार यो प्रतियोगिता बालबालिका तथा युवा वर्गमा सार्वजनिक भाषण कलाको विकास गराउन विगत तीन वर्ष देखि आयोजना हुदै आएको छ।
प्रतियोगिता आफ्ना अग्रजहरूको अनुभव तथा कथाहरू मार्फत सांस्कृतिक सम्पदा र पहिचानको संरक्षण गर्न केन्द्रित रहने छ।
‘नयाँ पुस्तालाई समुदायको पुराना कथाहरूसँग जोड्दै प्रेरणा प्रदान गर्नु यसको मुख्य लक्ष्य हो ।’ तिम्सिनाले समाज टाइम्स सँग भने ।
उनका अनुसार प्रतियोगितालाई दुईवटा उमेर समूहमा विभाजन गरिएको छ । जुनियर विधामा १३ वर्ष भन्दा कम उमेरका बालबालिकाहरू बीच हुने छ । यस्तै युवा विधामा १४ वर्षदेखि २४ वर्षसम्मले भाग लिन पाउने छन्।
कार्यक्रम सेप्टेम्बर पाँच तारिख शनिवार बिहान १०:३० बजेदेखि ह्यारिसबर्गको चेम्बर्स हिल रोडमा (6300 Chambers Hill Rd, Harrisburg, PA 17111) हुने छ ।
प्रतियोगितामा भाग लिन चाहनेले नाम दर्ता गर्नु पर्ने व्यवस्था गरिएको छ । सिइयो तिम्सिनाका अनुसार अगस्ट ३० तारिख सम्म दर्ता गरि सक्नु पर्ने छ । दर्ता शुल्क २० डलर लाग्ने जनाइएको छ ।
इच्छुक सहभागीहरूले उपलब्ध गराइएको गुगल फारमको लिङ्क (https://forms.gle/WxSQFSHmsvNSczi7A) प्रयोग गरेर वा आधिकारिक फ्लाईरमा रहेको क्यूआर कोड स्क्यान गरेर आफ्नो सिट सुरक्षित गर्न सक्नेछन्।
तिम्सिनाले सम्पूर्ण अभिभावक, सहभागी तथा समुदायका सदस्यहरूलाई कार्यक्रममा सहभागी हुन र बालबालिकाहरूलाई प्रोत्साहित गर्न अनुरोध गरेका छन् ।

















