नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाले मनायो तीज उत्सव, खुवायो ‘दर’

ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली एसोसिएसन अफ पेन्सिल्भेनियाले हरितालिका तीज उत्सव मनाएको छ।
पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा शनिवार विशेष कार्यक्रमको आयोजना गर्दै तीज मनाएको हो।
एसोसिएसनको कार्यसमितिमा अहिले सबै जना महिला छन्। अर्चना शर्माको अध्यक्षयतामा रहेको नयाँ कार्यसमितिले आफ्नो पहिलो कार्यक्रम तीज उत्सव मनाएको हो।
झन्डै पाँच घण्टा सम्म चलेको कार्यक्रम व्यवस्थित र चुस्त देखिएको थियो।
कार्यक्रममा बालकालिकाहरुका लागि छुट्टै सत्र सञ्चालन गरिएको थियो। जादुगरले बालबालिकालाई मनोरञ्जन दिएका थिए। यसै गरी बालबालिकाले नृत्य समेत प्रस्तुत गरेका थिए।
कार्यक्रममा महिला पुरुष सरोबर सहभागी थिए। उनीहरूले दर खानुका साथै नाचगान गरेर रमाइलो गरेका थिए।
कार्यक्रममा प्रवेश निःशुल्क गरिएको थियो।

कार्यक्रमको भिडियो
कार्यक्रमका फोटो भाग दुई