नेकपा एसले गर्यो जिम्मेवारी बाँडफाँट, विदेश विभाग प्रमुखमा को ?
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय अयोग र विभागमा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ ।
गत भदौ ५–७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी थपघट गरेको हो
विभागीय कार्यको जिम्मेवारीमा सम्मानित नेता झलनाथ खनालले विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । सङ्गठन विभाग प्रमुखमा डा.बेदुराम भुसाल र सङ्घीय संसदीय विभाग प्रमुखको जिम्मेवारी राजेन्द्र प्रसाद पाण्डेलाई दिइएको छ ।
। एसले सङ्घीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इन्चार्ज बनाउने गरी कार्य विभाजन गरेको छ ।
पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टीको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले साङ्गठनिक कार्यको अनुगमन गर्ने गरी नेकपा एसले पार्टीका नेता तथा सदस्यहरूको कार्य विभाजन गरेको हो ।
यस्तै बैठकले केन्द्रीय सल्लाहकार परिषद् सदस्यमा मनोनीत, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषद् सदस्य र केन्द्रीय विभागहरूको सदस्यमा मनोनीत गरेको छ ।
अध्यक्ष माधवकुमार नेपालद्वारा जारी अपानी (अन्तर पार्टी निर्देशिका)मा जिम्मेवारी बाँडफाँट गरिएका पदाधिकारी तथा सदस्यहरूको विवरण यस प्रकार रहेको छ ।