मेक्सिकोले पहिलो पटक महिला राष्ट्रपति पाउने सम्भावना
मेक्सिको सिटी । विश्वमा महिला हरेक क्षेत्रमा अगाडि बढिरहेका छन् । मेक्सिकोमा पनि महिलाको वर्चस्व बढ्दै गएको छ, चाहे त्यो राजनीति होस् वा अन्य कुनै क्षेत्रमा । मेक्सिकन महिलाहरू २१ औं शताब्दीको प्रारम्भमा राजनीतिमा प्रवेश गरे। मेक्सिकोमा २०२४ मा राष्ट्रपतीय निर्वाचन हुन गइरहेको छ, जसका लागि मेक्सिकोको सत्तारुढ दलले भर्खरै क्लाउडिया शेनबाउमलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा मनोनयन गरेको छ, जबकि जचिटल गाल्भेजलाई प्रमुख विपक्षी दावेदारको रूपमा नाम दिइएको छ।
मेक्सिकोको पहिलो महिला राष्ट्रपति उम्मेद्वार जोसेफिना भाजक्वेज मोटाले शनिबार भनेकी छिन् कि दुबै महिला उम्मेद्वारहरूले राजनीतिमा प्रवेश गरे जब देशका पाँच मध्ये चार सिनेटरहरू पुरुष थिए। म विश्वस्त छु कि यो एक ऐतिहासिक मोड साबित हुन सक्छ। सेक्रेटरी मारिया डेल कार्मेन भन्छिन् कि कल्पना गर्नुहोस् कि मेक्सिको जस्तो पुरुष प्रधान देशमा एक महिला राष्ट्रपति छन् र यहाँ महिलाहरूलाई पुरुषको बराबर तलब दिइन्छ। योसँगै एन्जेलिका रोड्रिग्वेज भन्छिन् कि हामीले यी नयाँ परिवर्तनहरू महसुस गर्न थालेका छौं। मैले गर्भवती भएको कारणले २० वर्षअघि सरकारी जागिर गुमाएँ । किनकि, यहाँ पुरुषले पुरुषलाई मात्रै काम दिन खोजेका छन् ।
हालै मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई अपराध मान्ने कानुनलाई खारेज गर्ने ऐतिहासिक निर्णय दिएको केही दिनपछि सत्तारुढ दलले राष्ट्रपति पदका लागि महिला उम्मेदवारको घोषणा गरेको छ ।
मेक्सिकोमा ५२ प्रतिशत जनसङ्ख्या महिला छन्, यद्यपि यो देश पुरुष प्रधान छ। हाल होन्डुरस र पेरुमा मात्र महिला राष्ट्रपति छन्। यदि शेनबाउम वा गाल्भेजले अर्को वर्षको राष्ट्रपतीय चुनाव जितिन् भने उनीहरू अमेरिका, क्यानडा र मेक्सिकोमा आम चुनाव जित्ने पहिलो महिला हुनेछन्। मिडिया रिपोर्टका अनुसार सन् २०१५ यता मेक्सिकोमा महिला विरुद्ध भेदभाव र हत्या दोब्बरले बढेको छ।