बंगलादेशकी प्रधानमन्त्री पुत्रीको भारत भ्रमण किन चर्चामा?
नयाँ दिल्ली । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना जी–२० शिखर सम्मेलनमा सहभागी हुन भारत भ्रमणमा आएकी छन् । विशेष कुरा के छ भने उनकी छोरी साइमा वाजेद पनि उनीसँगै दिल्ली पुगेकी छिन् । सायमा वाजेद लबिङ गर्न दिल्ली पुगेको विश्वास गरिएको छ । वास्तवमा साइमा वाजेद विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्व एसिया क्षेत्रको क्षेत्रीय निर्देशक पदका लागि प्रतिस्पर्धा गर्दैछिन् । यस्तो अवस्थामा शेख हसिनासँगै उनकी छोरी साइमा वाजेद पनि सहयोग जुटाउन भारत भ्रमणमा छिन् ।
बंगलादेशको विदेश मन्त्रालयका एक उच्च अधिकारीले साइमा वाजेद जी २० सम्मेलनमा नयाँ दिल्लीमा उपस्थित हुने बताए। साइमा वाजेद आफ्नी आमा र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग औपचारिक भ्रमणमा भारत आउनुभएको यो पहिलो पटक हो ।
वाजेद एक अटिजम विशेषज्ञ हुन् र विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्व एसिया क्षेत्रीय निर्देशक पदका लागि प्रतिस्पर्धा गर्दैछन्। यस्तो अवस्थामा सायमा वाजेद आफ्नो पक्षमा रहेका देशबाट समर्थन जुटाउन भारत भ्रमणमा गएको अनुमान गरिएको छ । यसअघि साइमा वाजेदले आसियान देशको सम्मेलनमा बंगलादेशी राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग इन्डोनेसियाको भ्रमण गरेकी थिइन् ।
विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी क्षेत्रीय निर्देशकको निर्वाचनमा बंगलादेशकी साइमा वाजेदले नेपालका शम्भुप्रसाद आचार्यसँग प्रतिस्पर्धा गर्दैछिन् । बंगलादेश र नेपाल दुवैसँग भारतको राम्रो सम्बन्ध रहेकाले भारतलाई कुनै एक देशलाई छान्ने गाह्रो छ । साइमा वाजेदले राजनीतिमा प्रवेश गर्ने कुनै संकेत भने नदेखाए पनि अन्तर्राष्ट्रिय संस्थामा उच्च पदमा काम गर्न जसरी रुची लिइरहेकी छिन्, त्यसले ढिलो–चाँडो राजनीतिमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।