पारसलाई केपी ओलीले दिए बधाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान पारस खड्कालाई बधाई दिएका छन् ।
खड्का नेपाल क्रिकेट संघ क्यानको बागमति प्रदेशको दोस्रो प्रादेशिक अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन् । निर्वाचित भएको केही समयमै एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिएका हुन् ।
सामाजिक सञ्जालमा ओलीले लेखेका छन् ‘पारस खड्कासँग कहिलेकाहीं कुरा हुँदा क्रिकेट खेलको सफलताका लागि यसको व्यवस्थापन वा प्रशासनिक पक्षको सुधार गर्नु पर्ने कुरा हुन्थ्यो। आज मैले सुनें उहाँ बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ। उहाँ पहिला क्रिकेट मैदानको क्याप्टेन, अब क्रिकेट प्रशासनको क्याप्टेन । बधाई छ क्याप्टेन पारस ।