अमेरिकामा ‘मम्स् म:म’ रेस्टुरेन्ट पुग्दा भोक मात्र होइन, नेपालको गाउँ घरको न्यास्रो पनि मेटिन्छ
ह्यारिसबर्ग,अमेरिका/ अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्रारिसबर्गको डेरी स्ट्रिट नेपाली भाषीहरूका लागि व्यापारिक केन्द्र हो । नेपाली र नेपाली भाषी भुटानी समुदायका दर्जनौँ व्यापारिक केन्द्र यहाँ छ। यही भीडमा एउटा स्टोर छ मम्स् मम। यो बाहिरबाट हेर्दा सामान्य नै देखिन्छ।
उही मम भन्ने शब्दले यो नेपाली रेस्टुरेन्ट नै हो भन्ने अनुमान गर्न सकिन्छ। तर जब तपाई दैलो खोलेर भित्र प्रवेश गर्नु हुन्छ आफै अचम्म पर्नु हुन्छ।
नेपाल वा भुटानका गाउँ घरमा जन्मे हुर्केकाहरूका लागि त आङ्ग नै सिरिङ्ग पार्ने गरी रेस्टुरेन्ट भित्ता सजाइएको छ। कतिपय यस्ता सामाग्री छन्। जुन नेपालीका गाउँ घरमा नै लोप हुन थालिसकेका छन्।
तपाई मम खान होइन कुनै संग्रालयमा प्रवेश गरेको भान हुन्छ।
ढोकाको दाहिने पट्टी कल धारको आवाज आउँछ। बासको ढुग्रोले बनाएको धारबाट आएको पानीले तामाको गाग्री भरिएको छ। मूलको पानीको याद दिलाउछ। गाउँमा पानी पधेरो गर्दाको सम्झना दिलाउँछ।
धाराको आडैमा घर छ। आँगन छ। पाली छ। पीढी छ। ढिकी जाँतो। हलो,जुवा, हडौलो के हो के । । के छैन यहाँ । सबै छ । एउटा नेपालीको गाउँ घरमा हुनु पर्ने सबै कुरा ।
चुलामा आगो बालेर कसौडी कसरी भात पकाइन्थो भन्ने देखिन्छ।
नेपाली भाषी भुटानी अगम गुरुङले र उनको परिवारले यो रेस्टुरेन्ट चलाएका हुन्। अगम आफैमा गीत संगीतका साधक हुन्। सामाजिक गतिविधिमा पनि उत्तिकै सक्रिय छन्।
उनले व्यवसाय सँग सँगै नपाली संस्कृति जोगाएका छन्। उनको रेष्ट्ररेन्ट पुग्दा भोक मात्र होइन गाउँ घरको न्यास्रो पनि मेटिन्छ।
भिडियोमा हेर्नुस