सञ्चार सचिव राउतलाई आज अदालतमा उपस्थित गराइँदै
काठमाडौँ । सञ्चार सचिव कृष्णबहादुर राउतसहितलाई अदालतमा आज उपस्थित गराइँदै छ ।
सर्वोच्च अदालतको आदेश अनुसार ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा रहेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितलाई सोमबार अदालतमा उपस्थित गराइन लागिएको हो ।
हिजो आइतबार अन्य बन्दीको रिटका कारण उनीहरूको मुद्दा हेर्न नभ्याइए पछि सर्वोच्च अदालतले सोमबार अदालतमा पेस गर्न आदेश दिइए अनुसार आज उनीहरू उपस्थित हुन लागेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आइतबार हेर्न नभ्याइए पछि सर्वोच्चले सोमबारको पेशी दिएर इजलासमा पेस गर्न आदेश दिएको हो ।