सोमनाथ घिमिरे डेमोक्र्याटिक पार्टीको तर्फवाट जुडिसियल डेलिगेट्सको उम्मेद्वारमा निर्विरोध
न्यु योर्क, अमेरिका / गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे डेमोक्र्याटिक पार्टीको तर्फवाट जुडिसियल डेलिगेट्सको उम्मेद्वारमा निर्विरोध भएका छन्।
न्युयोर्क राज्यको क्विन्स काउन्टी अन्तर्गत ऐसेम्बली जिल्ला ३० को क्विन्स डेमोक्र्याटिक पार्टीको तर्फवाट जुडिसियल डेलिगेट्सको उम्मेद्वारमा निर्विरोध हुने उनी पहिलो नेपालीमुलका अमेरिकन हुन्। घिमिरे नेपालको मोरङ जिल्ला विराटनगरमा जन्मिएका हुन् ।
उनी पछिल्लो २७ बर्ष देखी अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाई विभिन्न सामाजिक एवं अमेरिकी मूलधारको राजनीति सक्रिय रहदै आएका छन्।
घिमिरे विशेष गरी कोरोना कहरको समयमा फाउन्डेशन टीमका साथ मानवीय कार्यमा सक्रिय भएका थिए।
यस्तै अमेरिकी राष्ट्रपति निर्वाचनको चुनावि अभियानमा डेमोक्रेटिक पार्टीको तर्फबाट सक्रिय रहेका थिए।
घिमिरे साउथ एसियन फरअमेरिका न्युयोर्क राज्यको राज्य निर्देशक हुन । यस्तै उनी एलायन्स फर साउथ एसियन अमेरिकन लेबरको राष्ट्रिय उपाध्यक्ष पनि हुन्।