पेन्सिलभेनियाको ह्यारिसबर्गमा आइतबार भानु जयन्ती मनाइँदै
पेन्सिलभेनिया, अमेरिका/ पेन्सिलभेनियाको राजधानी ह्यारिसबर्गमा दुई सय दशौँ भानु जयन्ती जुलाई १६ तारिख आइतबार मनाइने भएको छ।
त्रिवेणी साहित्य मञ्च ह्यारिसबर्गले अमेरिकामा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती मनाउन लागेको हो।
‘सामूहिक नृत्य, रचना वाचन, रामायण वाचन, कृति लोकार्पण, गायन, मिठा मिठा वासुरिका धुन सुनाएर भव्य र सव्य रूप मनाउदैछ। यहाँ र यहाँका सपरिवारलाई यस कार्यक्रम हार्दिक आमन्त्रण गर्दै छौ ।’ मञ्चद्वारा जारी सूचनामा उल्लेख छ।
कार्यक्रम आइतबार ५६५० ल्यानक्यास्टर स्ट्रिट ह्यारिसबर्गमा बिहान ११ बजे चार बजे सम्म हुने छ।
मञ्चका सचिव नारद आचार्य अनुसार कार्यक्रममा पृथक् विधाका दुई कृतिको विमोचन समेत गरिने छ।
दुई मध्ये एक कृति विश्वभर रहेका झन्डै डेढ सय कविहरूको कविता सङ्ग्रह रहेको आचार्यको भनाई छ।
त्रिवेणी साहित्य मञ्च ह्यारिसबर्ग सन् २०१७ मा स्थापना भएको हो। भाषा, साहित्य र सङ्गीत तीनै क्षेत्रमा मञ्चले कार्यक्षेत्र बनाउँदै आएको छ।
मञ्चको अध्यक्ष केशव वैरागी ‘माहिलो’ रहेका छन्।