रोहित भण्डारी अमेरिका नेपाल चिकित्सा प्रयोगशाला विज्ञान समाजको अध्यक्षमा निर्वाचित
पेन्सिलभेनिया, अमेरिका / अमेरिका नेपाल चिकित्सा प्रयोगशाला विज्ञान समाजले नयाँ नेतृत्व पाएको छ।
समाज अमेरिकामा रहेर चिकित्सा प्रयोगशाला विषय अध्ययनरत विद्यार्थीहरू र पेसाकर्मीहरूको सङ्गठन हो।
यो संस्था गत वर्षको नोवेम्बेरमा स्थापना भएको हो। स्थापनाको ६ महिना भित्र संस्थाले विधिवत् रूपमा निर्वाचन गरेको हो।
४९ जना सदस्य रहेको संस्थाले नौ सदस्यीय कार्यकारी बोर्ड गठन गरेको हो। जसको अध्यक्षमा रोहित भण्डारी चयन भएका हुन्। उपाध्यक्षमा रवि धिताल र सचिवमा अश्विनी कुमार नेपाल चयन भए।
यस्तै सह-सचिवमा अनुजा आचार्य र कोषाध्यक्षमा शरद गौतम निर्वाचित भएका छन्।
बोर्ड सदस्यहरूमा झबिन्द्र प्रसाद घिमिरे, द्रोण पाण्डेय, नीरज राई र लक्ष्मण रेग्मी निर्वाचित भएका हुन्।
संस्थाले चिकित्सा प्रयोगशाला विज्ञान पढ्ने विद्यार्थी र पेसाकर्मीको हितमा काम गर्नुको साथै अमेरिका तथा नेपालमा चिकित्सा प्रयोगशाला विज्ञानको बारे शैक्षिक र प्राविधिक क्षेत्रमा काम गर्ने उद्देश्य लिएको छ।