मुगुको जिउला गाउँमा घरघरमा धारा,आगनमा पानी आएपछि सबै बने दङ्ग
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका १० जिउला गाउँकी रुपा विक उमेरले ६० बर्षकी भइन् । तर आजसम्म उनले घर नजिक खानेपानीका धारा देखेकी थिइनन् । सधै पानी लिन घरबाट आधा घण्टा हिडेर पानीको जोहो गदै उमेर ढल्किएको सुनाउने बिक विगतका दिनमा पानीका लागि दुःख झेल्नु पर्ने बाध्यता रहेको बताउछिन् ।
अहिले घर घरमा धारा आएपछि पानी बोक्दाको पीडा विर्सिएको भन्दै खुसी देखिइन उनी । सोही गाउँमा रुप सिहं कामीले खानेपानीको अभावमा आफुहरुले खोलाको,कुवाको पानी खाने गरेको बताए । उनले खोलाको पानी खाँदा आफुहरु विभिन्न किसिमका पानीजन्य रोगबाट शिकार बनेका दुखेसो गरे । कामीले प्रत्येक घरमा खानेपानीको धारा निमार्ण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाउने भन्दै खुसी व्यक्त गरे । यो आर्थिक बर्षमा छायाँनाथ रारा नगरपालिका भित्रका ६ बस्तीमा एक घर एक धारा निमार्ण गरिएको छ । घरघरमा धारा निमार्ण भएपछि स्थानीय दंग भएका छन ।
नेपाल सरकारले २०३० सम्ममा सुरक्षित खानेपानी घरघरमा पुर्याउने लक्ष्यका लिएको छ । सोही अनुरुप छायाँनाथ रारा नगरपालिकाले घर घरमा सुरक्षित स्वच्छ खानेपानी पु¥याउने उदेश्य सहित यो अभियान सञ्चालन गरिरहेको छ ।
छायाँनाथ रारा नगरपालिका यु.यस.आई डी. कर्णाली जल परियोजनाकोे आर्थिक सहयोगमा र हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिष्डेकको प्राविधिक सहयोगमा छायाँनाथ रारा नगरपालिका भित्रका भित्रका ६ वटा गाउँबस्ती छायाँनाथ रारा नगरपालिका वडा नं ४ का कालपाल्तमा,२७ घर खामगोईटेमा २२ घर छायाँनाथ रारा नगरपालिका १० जिउलामा २९ घर गाडापालिमा ५१ घर, तल्लेखमा ७० घर र छायाँनाथ रारा नगरपालिका ९ मुर्मामा ७३ घर गरी २ सय ७२ घरमा एक घर एक घारा निमार्ण भएका छन ।
छायाँनाथ रारा नगरपालिकाको २५ लाख ८८ हजार २ सय र यु.यस.आई डी. कर्णाली जल परियोजनाकोे १ करोड ५९ लाख २४ हजार गरेर जम्मा १ करोड ८५ लाख १२ हजार ४ सय लगानीमा २ सय ७२ घरमा एक घर एक धारा निमार्ण भएका छन । करिब ६ वस्तीका १५ जना नागरिक सुरक्षित खानेपानीको पहुँचबाट लाभाविन्त भएका छन ।
पुस्तौदेखि गाउँबाट टाढा रहेका खोला,कुवाको पानी खाँदै आएका स्थानीय अहिले सुरक्षित खानेपानीका धारा घर नजिक पाएपछि दंग भएका छन । घरघरमा धारा निमार्ण भएपछि सबैभन्दा सहज गृहिणीहरुलाई भएको छ । त्यो संगै खानेपानीको सहज पहुँज संगै सरसफाइको क्षेत्रमा पनि सुधार आउने आशा गरिएको छायाँनाथ रारा नगरपालिका ४ का धनकेशर भामले बताए ।
प्रत्येक घरमा खानेपानीको धारा निमार्ण गरेपछि अब सबैले सुरक्षित खानेपानी उपभोग गर्न पाउनेछन् । प्रत्येक घरलाई सुरक्षित खानेपानीका धारा निमार्ण भएपछि सुरक्षित खानेपानीयुक्त समुदाय निमार्ण घोषण गर्ने तयारी समेत भइरहेको हिरिसडेक मुगुका कार्यकारी निर्देशक मीनबहादुर रावलले जानकारी दिए । उनका अनुसार खानेपानीको सहज पहुँच र आर्यआजनमा वृद्धिको लागि स्थानीय सरकारको कार्यक्रममा यु.यस.आई डी. कर्णाली जल परियोजना हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिष्डेकको मुगुले सहयोग गरेको बताए ।
सन २०३० सम्म नेपाल सरकारले सबै नागरिकलाई स्वच्छ खानेपानीको पुहुँचमा ल्याउने संकल्प गरेको छ । सोहि सकल्पलाई सार्थक तुल्याउन छायाँनाथ रारा नगरपालिकाले विभिन्न संघ संस्थासँग समन्वय गरी एक घर एक धारा निमार्ण अभियान थालेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए ।
उनका अनुसार छायाँनाथ रारा नगरपालिका भित्र सुरक्षित खानेपानीको सहज पुहँचका लागि यो बर्ष ६ बस्तीमा आयोजना संचालन भएका छन । बाँकी आगामी बर्ष पनि खानेपानीको सहज पहुँच नभएका बस्ती छनोट गरेर त्यसै अनुसार सहयोगी संस्थाको समन्वयमा नागरिक लाई सुरक्षित खानेपानीको सहज पहुँच पु¥याउने अभियानका साथ एक घर एक धारा निमार्ण अभियानलाई निरन्तता दिईने नगर प्रमुख भामको भनाइ छ ।