चन्द्रयान -३ को गरियो सफल प्रक्षेपण
काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन ( इस्स्रो ) ले चन्द्रयान ३ को सफल प्रक्षेपण गरेको छ ।
शुक्रबार दिउँसो भारतीय समय २ बजेर ३५ मिनेटमा चन्द्रयान ३ लाई चन्द्रमामा पठाएको हो । उक्त चन्द्रयान ३ अर्विटमा सफलतापूर्वक पुगेको छ । २ बजेर ३५ मिनेटमा चन्द्रयान–३ मिसन प्रक्षेपण गरिएको हो । उक्त मिसन डेढ महिना सम्म चल्ने छ । अर्थात् आज प्रक्षेपण गरिएको चन्द्रयान– ३ लाई अन्तरिक्षमा पुग्न डेढ महिनाको समय लाग्ने चन्द्रयान –३ को मिसनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् । उक्त चन्द्रयानले चन्द्रमाको सतहमा उत्रन डेढ महिनाको समय लिने छ ।
चन्द्रयान–३ ले सतहको तापक्रम, तरंग, खनिज, माटो, ढुंगालगायतको अध्ययन गर्नेछ, र यो मिसनको लागि भारतले करिब ७५ मिलियन अमेरिकी डलर खर्च गरेको बताईएको छ । उक्त चन्द्रयान –३ को प्रक्षेपण सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको छ ।
यस अघि भारतले दुई पटक चन्द्रयान प्रक्षपण गरिसकेको छ । जसमा चन्द्रयान पहलो पटक अर्बिटमा पुग्न सफल भएको थियो । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीले चन्द्रयान मिसन घोषणा गरेको ५ वर्षपछि,सन् २००८ मा चन्द्रयानको पहिलो मिसन सुरु भएको थियो । उक्त मिसनअन्तर्गत चन्द्रमाको कक्ष (अर्बिट) मा लुनार अर्बाइटर पुर्याइएको थियो ।
तर, चन्द्रयान चन्द्रमाको सतहमा पुग्न सकेन । चन्द्रमाको कक्षमा पुग्ने सपना पूरा नभएपछि भारतले चन्द्रयानको दोस्रो मिसन घोषणा गर्यो । उक्त मिसन थियो– चन्द्रमाको सतहमा भारतीय यानलाई अवतरण गराउने । चन्द्रयान–२ लाई सन् २०१९ जुलाईमा सफलतापूर्वक प्रक्षेपण गरियो र चन्द्रयान –२ यानचन्द्रमाको कक्षमा पनि पुग्यो । तर, सतहमा अवतरण गर्न सकेन् । मिसन फेल भएको मिसनमा संलग्न वैज्ञानीकहरुको धारणा थियो ।
यो पटक भने भारतको चन्द्रयान –३ सफलतापूर्वक चन्द्रमाको सतहमा अवतरण गरेर फर्किने विश्वासमा चन्द्रयान –३ को अभियानको सम्पूर्ण टोली भारतीय रहेका छन् ।
चन्द्रयान – ३ को प्रक्षेपण हेर्न हजारैं मान्छेको भीड लागेको थियो । चन्द्रयान –३ अगस्ट २४ र २५ मा चन्द्रमामा अवतरण गर्नेछ । आगामी १४ दिनसम्म, रोभरले ३६० डिग्रीमा ल्यान्डरको वरिपरि घुम्नेछ र धेरै परीक्षणहरू गर्नेछ।