नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ
काठमाडौं । नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहमा संलग्न थप १ जनालाई पक्राउ गरेको छ । यो प्रकरणमा अहिले १६ जना कारागार चलान भएका छन् ।
प्रहरीले पक्राउ परेका र फरार गरी ३२ जनाविरुद्ध मुद्दा चलाउन आग्रह गर्दै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझभएको थियो । सोही प्रतिवेदनका आधमार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुँदा २ जना बाहेक १६ जनालाई काराकार पठाइएको थियो भने अरु फरार रहेका थिए । फरार रहेका मध्य केशब तुलाधरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाण्डौमा राखिएको छ ।
उनी काठमाडौं वडान नम्बर ३० असनका हुन् भने उनको बसाई वडा नम्बर १६ खुशिबु रहेको प्रहरीले जनाएको छ । यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण लगाएत हाइप्रोफाइल व्यक्तिहरु कारागार चलान भएका छन् ।