विद्यार्थी प्रतिको दायित्व, विश्व विद्यालय शिक्षा र खेलकुद : कमल खनाल
नर्थक्यारोलिना, अमेरिका / जुन २८ ,२०२३ बुधवारको दिन बिहान साँढे आठ बजे इष्टक्यारोलिना युनिभर्सिटीको विद्यार्थी र अभिभावकका लागि राखिएको ओरिएनटेसन कार्यक्रममा सहभागी हुन ग्रीनभिल स्थित इष्ट क्यारोलिना युनिभर्सिटी पुगियो ।
ओरियन टेसन हुने ठुलो हल मित्र छिर्यौ। त्यहाँ युनिभर्सिटीले उपलब्ध गराएको युनिफर्ममा ठुलो सङ्ख्यामा विद्यार्थीहरूको जमघट भइसकेको थियो। हामीले आफ्नो सिट सुरक्षित गर्यौ। युनिभर्सिटीका तर्फबाट कार्यक्रम सामान्य हिसाबले बेजोड प्रस्तुतिका साथ सुरु भयो।
दुई जना प्रोफेसर डा. लगायत चार जनाले युनिभर्सिटी र युनिभर्सिटी शिक्षाका बारेमा बोलेका थिए।सिनियर क्लासका बिद्यार्थीहरूद्वारा छोटो, रमाइलो र आकर्षक कार्यक्रम प्रस्तुत गरिएको थियो। छोरी आर्याको हायर एजुकेसन को अध्ययन त्यसै युनिभर्सिटी बाट प्रारम्भ हुँदै थियो। सुनौलो बिहानीको सूर्योदयसँगै हामी त्यहाँ पुगेका थियौ।
सूर्यको प्रकाश तीव्र गतिमा पृथ्वीमा झरिरहेको थियो। सूर्योदयको सुन्तले रङ्ग बिस्तारै उज्यालो रङ्गमा परिणत हुँदै थियो। हाइवेमा सबै लेनबाट गाडी कुँदिरहेका थिए। सबैले स्पिड मेन्टन गरिरहेका थिए। हाम्रो गाडीको नजिकैबाट एउटा गाडीले अस्वाभाविक गति लियो। मिनिमम सत्तरीको स्पिड मेन्टेन गर्नु पर्ने थियो। उसको गति तीव्र थियो। उसले हामीलाई धेरै पछाडि छोड्यो। उ गन्तव्यमा पुग्यो पुगेन थाह भएन। हामी ले एक्जिट लिएर २६४ इष्ट हाइवे समात्यौ र ग्रीनभील इष्ट तिर लाग्यौ। २६४ को हाइवे रमाइलो थियो। किलोमिटर टाढा सम्म देखिने सडकको दुरीमा बिहानीको कलिलो घामसँगै गाडीहरू चम्किला सुन्दर देखिरहेका थिए।
कृषि योग्य भूमिको उपयोग
नर्थ क्यारोलिनाको विशेषता भनेकै हाइवेका दाँया बाँया बाक्लो जङ्गल तर सबै जङ्गलको स्वरूप भने एकै किसिमका हुने। ४३६ एक्जिट लिएर जोन पी इष्ट मेमोरियल हाइवे हुँदै अगाडि बढिरहेका थियौ। सडकको आकार बडाउनेक्रममा अर्को एकलेन सडक बिस्तार गरिएको रहेछ। अमेरिकी सडक सञ्जालको इन्जिनियरिङ कला अधैर्य छ। आबश्कता र औचित्यका आधारमा सडक विस्तार भइरहेका हुन्छन् हेर्दा उस्तै लाग्ने तर फरक फरक दिशामा गाडीहरू कुँदिरहेका हुन्थे। सडकका आकारहरू ठुला देखिन्थे। सबै गाडीहरूको गन्तव्य फरक थिए, उद्देश्य फरक थियो। सडक भरि गाडी छपक्कै थिए। लेन चेन गर्दाको नागबेली स्वरूपले गन्तव्य भेटाउने होडमा गाडीहरू कुँदिरहेका थिए।
छोरी शान्त र धीर बनेकी थिइन लाग्थ्यो युनिभर्सिटीको प्रवेशले उनलाई जिम्मेवारीको बोध गराएको अनुमान गर्न सकिन्थ्यो। हामी १६ माइल दुरीको एरियामा रहेको फार्मिक एरियामा प्रवेश गर्यौ। व्यवस्थित कृषि फार्महरूमा उत्पादन हुने तरकारी, फलफूल र अनाजले नर्थक्यारोलिनाका उपभोक्ताहरूको दैनिकीलाई सहयोग गरिरहेको थियो।
मकै काँचोपात,लगायत,विभिन्न जातका तरकारी र फलफूलहरू दाँयाबाँयाका खुल्ला ठाँउहरूमा देखिन्थे। यस्ता फार्मिङ्गहरूले जमिनलाई कसरी उपयोग गर्न पर्छ भन्ने कुरा देखाइ रहेको थियो। हामीलाई उत्सुकता बढाइरहेको थियो। जमिनको भरपुर उपयोगले उपयोगितावादको सिद्धान्त देख्न सकिन्थ्यो। जे दिन्छ जमिनले दिन्छ भन्ने विश्वास दिलाएको थियो। उपयोग गर्न सके के हुँदैन भन्ने दृष्टान्त दिइरहेको थियो।
हुन त संसारभर हुने हतियार युद्ध पनि जमिन कै लागि नै भएका हुन्छन्। यति बेला म नेपालको काल्पनिक यात्रामा थिए। नेपालका पहाड देखिरहेको थिए। सम्म मैदान र तराइका फाँटहरू सम्झिरहेको थिए । मौसमको अनुकूलता अनुसार खेती गर्न सकिने ठाँउहरूलाई मानसिक रूपमा सम्झिरहेको थिए। तर हाम्रा पहाडहरू उजाड छन्। मैदानहरूमा घर बनेका छन्। तराइका फाँटहरू सुख्खा छन्। सरकारले गन्तव्य छिचोल्न सकेको छैन। न गन्तव्य भेटाउने नेता छन् र न नीति छ। देश पर निर्भरताको अभ्यास तिर लागिरहेको छ। जमिनको उपयोग कृषि उपजकालागि हुनु पर्ने हो हामीमा त्यो अक्कल कहिल्यै आएन र आयातका आधारमा देश चलाउने कोसिस गर्यौ र समस्या उन्मुख हुँदै गयौ।
विद्यार्थी र अभिभावको अभिमुखीकरण कार्यक्रम
इ सी यु का बारेमा लेखिरहँदा मैले आफूले अध्ययन गरेको विश्वविद्यालय सम्झन पुगे। हामी कुन स्तरको शिक्षा दिइरहेका छौ भन्ने लागिरह्यो। कसरी शिक्षाका कुरा गरिरहेका छौ जस्तो लाग्यो। नयाँ विद्यार्थीको स्वागतमा न भिसीको सन्देश न मोटिभेसनका कुरा। उच्चशिक्षा पछिको विद्यार्थीहरूको भविष्य कहाँ र कसरी सुरक्षित हुने भन्ने प्रश्नले सताइ रहने अवस्थामा विश्वविद्यालय रहिरह्यो।
आफ्नो देश बाहिरको विश्वविद्यालले अभिवाबक र विद्यार्थीहरूलाई दिइएको अभिमुखी कार्यक्रम र स्वागतको पहिलो अनुभव लिने मौका मिल्यो। प्रोफेसर डक्टर फिलिप जी रोगर जो, इ सी यूका चान्सलर थिए उनको आधा घण्टाको प्रवचन पछि अर्का साइकोलोजिष्ट
प्रोफेसर डाक्टर….को करिब दुइघण्टाको प्रवचन यति प्रभावशाली थियो कि दुइघण्टा बितेको पत्तो नै भएन। प्रोफेसरको प्रस्तुति विद्यार्थी लक्षित थियो।
पहिलो
“तिमी के गर्न गइरहेका छौ र के गरिरहेका छौ, विश्वले तिमिलाई हेरिरहेको हुन्छ”
दोस्रो
“तिमीले च्यालेन्ज फेस गर्न सकेनौ भने तिमीले जीवनमा परिवर्तन प्राप्त गर्न सक्दैनौ”
तेस्रो
“तिम्रो योग्यता र क्षमताले सरकारको आँखा खुलाउछ। तिमिलाई अवसरको ढोका खुल्छ”
चौथो
“पढाइमा पहिले पाठहरू सिकिन्छ र त्यस पछि टेस्ट दिइन्छ तर काममा पहिला टेस्ट गरिन्छ र त्यस पछि मात्र काम गरिन्छ”
यसरी धेरै उद्धरण दिएर प्रारम्भ भएको थियो प्रोफेसर डक्टरको…प्रस्तुति यति वेला मैले आफैले अध्ययन गरेको विश्वविद्यालयलाई सम्झे। अहिले पनि हाम्रो विश्वविद्यालयको दायित्व र विद्यार्थीको प्राथमिकतामा मेल पाइँदैन। विश्वविद्यालयको उद्देश्य शैक्षिक क्यालेन्डर अनुसार तोकिएको तह पुरा गराउने मात्र देखिन्छ।
कस्तो शिक्षा दिने र कुन स्तरको शिक्षा दिने र उत्पादित शैक्षिक जनशक्तिले स्वदेश तथा विदेशको कुन कुन क्षेत्रको उत्पादनमा आफूलाई समर्पित गर्न सक्छन् भन्ने आधार,तथ्याङ्क र क्षमताका बारेमा एकिन छैन। आफ्नो अध्ययन पुरा गरे पछिको भविष्य निराशा, राजनीति र खाडी मुलुकका कामदार भन्दा अर्को बाटो देखिँदैन। विश्वविद्यालयको उद्देश्य विद्यार्थीको क्षमता र योग्यता वृद्धिमा हुनै पर्ने हुन्छ। त्यो खालको मोटिभेसन दिन सक्नु पर्छ।
पढ्नेलाई पनि विश्वको दृष्टि म माथि छ र मैले जुनसुकै अप्ठेराहरू पार गर्नु पर्छ भन्ने भावनात्मक अपनत्व पैदा गराउन सक्ने शिक्षा दिन सक्नु पर्थ्यो तर त्यो पाइँदैन। हामीले र हाम्रा विश्वविद्यालयले अन्योलताका साथ समयहरू बिताउँदै गइरह्यौ र अस्पष्टताका साथ शिक्षा दिँदै गयौ। परिणाम देशले प्राप्त गर्न सकेन। देशमा ब्रेन ड्रेनको अवस्था सृजना हुन पुग्यो। त्यसैले शिक्षा,उद्देश्य सहितको विधागत क्षमता र समयको माग पूर्ति गर्न सक्ने हुनु पर्छ भन्ने दृष्टान्त इष्टक्यारोलिना युनिभर्सिटीले दिइरहेको थियो।
विभिन्न विधामा २७ हजार विद्यार्थीहरूले अध्ययन गर्ने इष्ट क्यारोलिना युनिभर्सिटीमा पढाइने विधागत विषयहरूमा मुख्य क्याम्पस (साइन्स,म्यानेजमेन्ट र अन्य पढाइ हुने)हेल्थ साइन्स क्याम्पस,इष्ट रिसर्च क्याम्पस, फिल स्टेसन फर कोस्टल स्टडी(तटीय रेखा),कलेज अफ नर्सिङ्ग,कलेज अफ एलिड हेल्थ साइन्स,द ब्रोडी स्कुल अफ मेडिसियनको पढाइ हुने रहेछ। अन्य विषयहरूमा-एघार वटा सोसियल सोरोरिटिज (समाज),सोह्ववटा सोसियल फ्रान्टरनिटीज(भ्रातृत्व),चार वटा हिस्टोरिकल ब्लाकसोरोरिटीज,पाँचवटा हिस्टोरिकल ब्ल्याक फ्रान्टरनिटीज, एकनेटिभ अमेरिकन फ्रान्टरनिटीज र एकनेटिभ अमेरिकन सोरोरिटीजका विषयहरूमा पढाइ हुने रहेछन्।
नर्थक्यारेलिनाको चौथो ठुलो युनिभर्सिटीका रूपमा रहेको यस यूनिर्भसिटी अमेरिकाका १८५० युनिभर्सिटी मध्ये दुई सय ३४ को र्याङ्गकिङ्गमा पर्ने युनिभर्सिटी रहेछ। यति कमजोर विश्वविद्यालये दिने शिक्षा पनि हाम्रो उत्कृष्ट विश्वविद्यालयले दिने शिक्षा भन्दा गह्रुँगो, ओजिलो र भरपर्दो शिक्षा हुने रहेछ। यस युनिभर्सिटीको ग्र्याजुएट रेट ४५% रहेछ।
विश्वविद्यालयमा स्पोर्टस एक्टिभिटिज
यस यूनिभरसिटीले स्टुडेन्ट एक्टिभिटीजमा ८९+स्पोर्टसटीम,२२ टिम फ्राटरनिटीजमा र १४ टिम सोरोरिटीजहरूमा रहेछन्। यसरी इ सी यूनिभरसिटी अमेरिकन एथलेटिक्स कन्फ्रेन्सको सदस्यता प्राप्त गरेर विभिन्न स्पोर्टस टिमहरू तयार गरिरहेको रहेछ। स्पोर्टसलाई तीन वटा डिभिजनमा वर्गीकरण गरेर लेभल एक लेभल दुई र लेभल तीन सङ्ख्यामा विभाजन गरेर व्यवस्थित स्पोर्टस गतिविधि सञ्चालन गरिरहेको रहेछ। हरेक खेल विधाका प्रशिक्षकहरू राखेर प्रशिक्षण र सहभागिता गरिने रहेछ। कुन कुन खेल राख्ने भन्ने विश्वविद्यालयको आफ्नै कुरा रहेछ।
बेसबल,बास्केटबल,गल्फ,सकर ,सफ्टबल, स्वीमिङ्ग डाइभिङ्ग, टेनिस, भलिबल र ट्र्याक एण्ड फिल्डमा गरी पाँच सय ५३ स्टुडेन्टहरूको सहभागिता हुने रहेछ त्यस मध्ये दुई सय ७१ मेल र दुई सय ८२ फिमेल स्टुडेन्ट्सहरूको सहभागिता रहने रहेछ। विश्वविद्यालय प्रति एथ्लेट्स प्रति वर्ष १५ हजार एक सय ६५ डलर खर्च गर्दो रहेछ। सामान्यतया मेल एथलेट्सले १७ हजार पाँच सय ६४ र ओमन एथ्लेट्सले १२ हजार आठ सय ६० डलर प्राप्त गर्दा रहेछन्। विश्वविद्यालय स्पोर्ट्सबाट वार्षिक पाँच करोड १९ लाख ५६ हजार नौ सय १४ डलर प्राप्त गर्ने रहेछ भने खर्च चार करोड ८५ लाख ८२ हजार आठ सय ७३ डलर र प्रोफिट ३३ लाख ७३ हजार एक सय ४१ डलर हुने रहेछ।
हाम्रा विश्वविद्यालयको स्पोर्टसमा लगानी, सुविधा,सहभागिताको क्षमता र सरकारी प्राथमिकता कस्तो र कति छ? हामी अझै अन्योलमा छौ दुबिधाग्रस्त छौ विश्व विद्यालय शिक्षाको मात्र नभई स्वास्थ्यको पनि क्षेत्र बन्न र बनाउन सक्नुपर्छ भन्ने तर्फ हाम्रो ध्यान पुगेको पाइँदैन। विश्वविद्यालय शिक्षा र स्पोर्ट्स दुवै विद्याबाट चिनाउने र चिन्ने बनाउनु पर्छ भन्ने सन्देश दिइरहेको थियो यस विश्वविद्यालयले। सपोर्टले रेभिनु कलेक्सन र खर्च गर्न सक्ने क्षमता पनि राख्छ भन्ने उदाहरण हो उल्लेखित तथ्याङ्क।
(लेखक राष्ट्रिय खेलकुद परिषद्का सेवा निवृत्व बरिष्ठ अधिकृत हुन्)
र यो पनि…