प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठकको अवरोध खोल्ने सहमतिका बाबजुद आजको संसद बैठक स्थगित भएको छ ।
आइतवार अपरान्ह ३ बजेसम्मका लागि सारिएको प्रतिनिधि सभाको बैठक आग्रहमा सोमवारसम्मका लागि स्थगित गरिएको हो ।
विपक्षी दलका नेता केपी शर्मा ओलीसँग शीर्ष तीन नेताबीचको छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचित हुँदै प्रष्टीकरण दिने सहमतिमा सदन अवरोध खोल्न एमाले तयार भएको थियो ।