स्टोनमाउन्टेनको नरमाइलो सम्झना
कमल खनाल
एट्लान्टाका लागि घरबाट हिडियो २७ मे २०२३ का दिन । बिहानको ६.१७ मा भाइ बि.राज एट्लान्टामा थिए।एट्लान्टा बस्ने खाने र घुमाउने काम बि.राजले नै गरे नर्थकारोलिना बाट जर्जिया एट्लान्टा चार सय माइलको दुरीमा रहेछ। रेष्ट एरिया बाहेक ६ घन्टाको ड्राइभ रहेछ।
जर्जिया एटलान्टायात्रा
बिहानी मौसम चिसो भए पनि रमाइलो थियो। बिदा मनाउन जानेको लर्को होला सडक भरि गाडी थिए। मेमोरियल डे दुइ दिन पछि आउदै थियो । हाम्रो गाडिले आइ फोर्टी वेष्टको लय समात्यो र अगाडि बडिरह्यो। आँखाले देख्ने भनेको जंगल सडक र गाडी भन्दा अरू केही थिएन।गाडिले आइ फोर्टी वेष्ट छोडेर, आइ पचासी साउथ लाग्यो ,सार्लोट तिर।सार्लोट पनि धेरै समय साथमा रहिरहन सकेन।
छोटो समयमा नै हामीले किङ्स माउन्टेन ग्रोभर पनि पार गर्यौ। त्यस पछि हामीले नर्थकारेलिनाको भूगोललाइ छोड्यौ।हामी साउथक्यारोलिना प्रवेश गर्यौ। साउथ क्यारोलिनाको प्रवेशद्धारमा भएको रेष्टरूममा गाडी रोकियो। त्यै नजिकैबाट ब्रोडर रिभर क्रस गरियो।नदी स्थीर र सफा थियो। नर्थक्यारोलिनाको भूभाग पार गरे पछि जंगल र जमीनमा फरक पन देखियो । साउथ क्यारोलिनाको माटो नर्थक्यारोलिनाको भन्दा फरक रहेछ। माटो पुरै रातो थियो। जंगल पातलो ,साना र होचा लाग्ने थिए। त्यहाको जंगल र जमीनको बनौटले मलाइ भारत यात्राको सम्झना गरायो।
मार्टिङ्गलुथर किङ्ग
मार्टिङ्गलुथर किङ्गको जन्मस्थान जर्जियाको एट्लान्टा यसै पनि चर्चित ठाँउ रहेछ। सन् १९२९ मा जन्मिएका मार्टिनलुथर किङ्गको मृत्यू भने सन् १९६५ मा भएको रहेछ। मार्टिङ्गलुथर किङ्गस ले सिभिल राइट्स र भोटिङ्ग राइट्सको कानून ल्याउनका लागि सहयोग गरेका कारणले पनि अप्रिल ४ मा उनको संस्मरणमा बिदा दिने गरेको रहेछ सरकारले । सन् १८६१ देखि १८६५ सम्मको सिभिलवार पनि जर्जियाको संस्मरणमा रहिरहने इतिहास रहेछ।
स्टोनमाउन्टेनको उकालो
नर्थक्यारोलिनाबाट जर्जिया एटलान्टा सम्मको ६ घन्टा लामो सडक यात्राको थकाइलाई एट्लान्टाको एकरातको सुताइले परास्त गरिदियो। केहि सपनाहरूको साथमा सुतिएछ। निद्रा राम्रो पर्यो। हुन त बेलुकाको रमाइलोले थकाइ निख्रिसकेको थियो। एट्लान्टाको २८ मे को मौसम न तातो न चिसो थियो। घाम लागे पनि चिसो हावा चलिरहेको थियो। बिहानको उज्यालो संगै स्टोन माउन्टेन हेर्ने र चढ्ने तयारीमा लाग्यौ।
हामीलाइ सहयोग गरिरहेको थियो। हामी बसेको ठाँउबाट बीस मिनटको ड्राइभमा रहेछ स्टोन माउन्टेन। स्टोन माउन्टेनको तल्लो भागलाइ घुम्नमात्र पाँच माइलको दुरी पार गर्नु पर्ने रहेछ।गाडीले छोडेको ठाँउबाट करीव आधाघन्टाको ठाँडो उकालो चढे पछि मात्र पृथ्वीको सबै भन्दा ठूलो ढुङ्गाको टुप्पोमा पुगिने रहेछ। मैले बीस मिनटमा उकालो पार गरेर टुप्पोमा पुगें। उकालो मानिसको हिडाइमा भर पर्ने भएकोले जति पनि समय लाग्न सक्ने रहेछ।साना केटाकेटी देखि बूढाबुढी सम्मले उकालो चढ्ने प्रयास गरिरहेको देखिन्थ्यो।
एक पटक टेक्नै पर्ने ,पुग्नै पर्ने र हेर्नै पर्ने स्टोनमाउन्टेन टाढाबाट हेर्दा रूख विरूवा नउम्रने सुख्खा र नरमाइलो रूखो पहाड जस्तो देखिने रहेछ। स्टोनमाउन्टेनको शीरमा पुगे पछि देखिने मनोरम दृश्य मनै लोभ्याउने खालका थियो । ढुङ्गाको माथिल्लो भाग एट्लान्टाको पुरै दृश्य देखिने उचाइमा थियो। ढुङ्गाको शीरमा पुग्न एउटा पैदल मार्ग थियो भने अर्को स्टोन माउन्टेन पार्क केवल कार थियो।
केवलकारले ३/४ मीनटमा नै स्टोन माउन्टेनको शीरमा पुर्याइदिने रेहेछ। स्टोन माउन्टेन को तल्लो भागलाइ पाँच माइलको दुरी हिडेर परिक्रमा गर्न सकिने रहेछ भने पर्यटकहरूका लागि ट्रेनको सुविधा पनि रहेछ। स्टोन माउन्टेन जर्जियाको सम्पन्नता जस्तो लाग्थ्यो।पर्यटकहरूको एउटा गन्तब्य रहेछ स्टोनमाउन्टेन। स्टोनमाउन्टेनको नाम सुन्ने मानिसहरू एक पटक पुगेकै हुन्छन जस्तो लाग्थ्यो र पुग्नै पर्ने ठाँउ थियो। धेरैलाइ अचम्म र आश्चर्य लाग्ने रहेछ स्टोन माउन्टेन।
सिभिलवारको स्ट्याचु
अर्को अचम्म र आश्चर्य लाग्ने कुरा थियो सिभिलवारमा प्रयोग भएका हतियार, घोडा र घोडा सवार मानिसहरूको हस्तनिर्मित मूर्तिकला। कल्पना समेत गर्न नसकिने ठाँउमा कुंदिएका ती मूर्तिकलाका दृश्यहरू। त्यति ठूलो अग्लो र ठाडो भीरमा चराहरूले पनि एकैछिन बस्ने आँट गर्न सक्दैनन् होला। बिज्ञानले समेत हार मान्न पर्ने खालको दृश्यहरू कसरी तयार गरिए होलान।
कसरी र कस्ले कूंदेको होला ती मूर्तिहरू,कुन सुरबीर मानिस होला,कुन मूर्धन्य चित्रकार होला त्यस्तो अपत्यरिलो स्थानमा ज्यानलाइ समेत जोखिममा राखेर सिभिलवारको सम्झनालाइ युगौयुगसम्म रहिरहने मूर्तिहरू तयार गर्ने। कल्पना बाहिरका थिए ती कलाकारिता र चित्रकारिताहरू। त्यो कलाकारिता र चित्रकारिता तयार गर्ने कलाकारहरूलाइ स्टोनमाउन्टेन पुग्ने जो सुकैले सम्मान गरिरहेका हुन्छन।
कसैलाइ मन लाग्दैमा बनाइने बिषय थिएन त्यो। रमाइलोका लागि बनाइएको पनि थिएन होला। निश्चित उदेश्य बोकेर त्यो तारे भीरमा छुन्डिरहेछन ती मूर्तिहरू।सिभिलवारका बेलामा प्रयोग गरिएको हतियार सहितका मानिस र घोडाहरूको तश्वीर जुन हात मार्फत तयार गरिएका थिए। अहिले पनि असम्भव लाग्ने ती ऐतिहांसिक चित्रहरू सिभिलवारमाको स-चित्र बर्णन थियो त्यो।त्यसकारण हरेक बर्ष ती चित्रहरू हटाउनु पर्ने माग गर्दै स्ट्याचूको अगाडिको भागमा गएर एकता प्रदर्शन गर्ने रहेछन पीडित पक्षले।जाति बिशेष र समुदायहरू बीचको धमिलो बैमनश्यता अझै पनि जिवितै भएको देखिन्थ्यो।
सन् १८६१ मा शुरू भएको सिभिल वार १८६५ मा अन्त्य भए पनि सन् २०२३ सम्म आउदा पनि सम्झिरहन पर्ने कस्तो इतिहांस निर्माण गरेको रहेछ सिभिलवारले। सिभिलवारको बिद्रुप्ताका बारेमा एउटा बर्गले अहिले पनि बार्षिक रूपमा नरमाइलो सम्झना गरिरहदो रहेछ।
सि एन एनको मुख्यालय
३.११ मा एट्लान्टा डाउन टाउनका लागि घरबाट हिडियो।३० मिनटमा डाउनटाउन पुगियो। गाडी पार्किङ्ग अगाडिको ठूलोर अग्लो भवन सि एन एनको मुख्यालय रहेछ। बिश्वका घट्नालाइ प्रशारण गर्ने मुख्य संचार केन्द्रको कार्यलय भिजिट गर्न भने पाइएन। रोकेको रहेछ अहिले। सि एन एन संसारकै भरपर्दो सूचना प्रशारण गर्ने केवल नेटवोर्क रहेछ। सि एन एनको लोगो टेलिभिजन स्क्रिनमा मात्र देखिएपनि सि एन एन को कार्यलयमा पुगेर लोगोसँगै तश्विर लिने अवशर भने प्राप्त भयो।
ओलम्पिक पार्क
डाउनटाउनको मध्यभागमा रहेकोओलम्पिकपार्कमा ओलम्पिक टर्चका मोनोमेन्टहरू लहरै राखिएका थिए। सन् १९९६ मा भएको समर ओलम्पिकमा दश हजार खेलाडी एक ९७ देशको सहभगिता भएको रहेछ एट्लान्टा ओलम्पिकले एट्लान्टाको प्रमोसनमा ठूलो सहयोग गरेको रहेछ। समर ओलम्पिक पछि संसारले एट्लान्टालाइ हेर्ने नजरमा परिवर्तन आएको रहेछ। त्यस पछि मात्र अन्तराष्ट्रिय सहरका रूपमा परिचय पाएको रहेछ एट्लान्टाले। एटलान्टा ओलम्पिकमा नेपालका बैकुन्ठ मान्नधरले म्याराथनमा प्रतिस्पर्धा गरेका थिए।
कोकोकोलाको मुख्यालय
चिसो भन्ने बित्तिकै कोकोकोला भन्ने बुझाइ हामीमा थियो र छदैछ। एट्लान्टामा रहेको कोकाकोला उत्पादन स्थलको अवलोकन गर्ने अवसरलाइ पनि भरपुर उपयोग गरियो।१२/१५ देशमा उत्पादन हुने कोकोकोलाको टेष्ट कोकोकोला पिए पछि मात्र जानकारी भयो। कोकोकोलाको सुरूवाती समयदेखिका बिज्ञापनहरू सजाएर राखिएका थिए।ओलम्पिक खेलसँगको सम्बन्ध सन् १९२८ को एमस्ट्रडाम ओलम्पिक देखि भएको रहेछ। संसारका सबै देशहरूमा कोकोकोलाको एउटै स्वाद नहुने रहेछ। टेष्ट गरे पछि थाहा भयो।
कोकोकोलाका बारेमा जानकारी लिन जादा प्रति ब्यक्ति १९ डलरको टिकट लिनु पर्ने रहेछ। कोकोकोला कम्पनी र ओलम्पिक खेल बीचको सहकार्यका अवधिमा प्रयोगमा ल्याइएका ओलम्पिक टर्चका नमूनाहरू र ओलम्पिक पीनहरू समेत सजाएर राखिएको रहेछ।नेपालको झण्डा भएको ओलम्पिक पिनलाइ नियालेर हेरियो। देख्यौ खुशी लाग्यो। बिज्ञापनहरू अनौठो लाग्ने र रमाइला थिए। कोकोकोलाको पहिलो पटक अमेरिका भन्दा बाहिर पानामा,क्यूबा र क्यानडामा सन् १९०६ प्लानट स्थापना गरिएको रहेछ। त्यस पछि सन् १९३०मा आएर २७ वटा प्लान्ट स्थापना गरिएको रहेछ।
एटलान्टा एक्वारियम
अमेरिकाको सबैभन्दा ठूलो र बिश्वको तेस्रो ठूलो रहेछ एट्लान्टाको एक्वारियम। दुई सय भन्दा बढि जातिका एक लाख बीस हजार एनिमल राखिएको रहेछ। चाइना र सिंगापुर पछिको ठूलो मानिदो रहेछ एट्लान्टा एक्वारियम। संसारकै महंगो एक्वारियम भने अबुदाबीमा रहेछ। भने संसारकै सुन्दर एक्वारियम ओकिनावा चुराउमी एक्वारियम जापानको रहेछ। एट्लान्टा अक्वारियममा डलफिनको प्रस्तुति राम्रो थियो। मानिससंगको सम्बन्ध राम्रो हुनेरहेछ डलफिनको । मानिस देखेपछि नजिक आउने र खेल्ने बानि परेका डलफिनहरूमा बल खेल्ने कला पनि उत्तिकै कलात्मक हुनेरहेछ। ४५ डलर को टिकट एक्वारियमका लागि मात्र थियो। भित्र पसेपछि पाँच डलर थप गरेर मात्र डलफिनको आनन्द लिन सकिने रहेछ। जर्जियाको बसाइलाई त्यहि अन्तय गरियो।
र यो पनि…