अस्पतालमै आत्महत्या गर्नुपर्ने बाध्यता अन्त्य गर्ने स्वास्थमन्त्री बस्नेतको प्रतिबद्धता
काठमाडौँ । स्वास्थ्य मन्त्री मोहन बस्नेतले उपचारको अभावमा अस्पतालमै आत्महत्या गर्नु पर्ने बाध्यताप्रति दुख व्यक्त गरेका छन् ।
ललितपुरमा डाक्टर भोला रियालद्वारा लिखित पुस्तक ‘सेतो कोट’ पुस्तक सार्वजनिक कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनु पर्ने अवस्था राज्यले टुलुटुलु हेरेर बस्न नमिल्ने तर्क गरे ।
उनले भने ‘शिक्षा र स्वास्थ्य सँगसँगै लानु पर्छ । यो साँच्चिकै राज्यले ग्यारेन्टी गर्नुपर्छ । तर विड्म्वना अस्पतालका बरन्डाहरूमा पैसा नभएका कारण उपचार गर्न नसकेका कारण कोही बरन्डाबाट खसेर आत्महत्या गरेका छन् । कसैले अस्पताल छोडेर गएर घरमा मृत्युवरण गरेका छन् । हामी राज्य टुलुटुलु हेरेर बसेका छौ । यो उचित भएन । ’
अब कम्तीमा संविधानले व्यवस्था गरेका कुराहरूको ग्यारेन्टीका लागि आफूले सक्दो प्रयास गर्ने उनको भनाई छ ।
त्यस्तै कार्यक्रममा विश्लेषक डाक्टर सुरेन्द्र केसीले सेतो कोट सेरेमोनी राख्ने व्यवस्था गर्न माग समेत गरेका छन् ।
त्यस्तै नायक निखिल उपप्रतिले, डाक्टर हुनका लागि विरामीको भावना बुझ्न सक्ने क्षमता हुनुपर्ने बताए । उनले मेडिकल उपनिशद नै लेखिएको र किताबमार्फत नयाँ बच्चा जन्माएको भन्दै डाक्टर रिजालको प्रशंसा गरे ।
डाक्टर भोला रिजालले, नेपालका विद्यार्थीले नेपालमै मेडिकल शिक्षा प्राप्त गर्न सक्ने अवस्था नरहेको भन्दै दुख व्यक्त गरे ।
उनले यो किताब आफ्नो मात्रै नभई देशको स्वास्थ्य क्षेत्रको विकासका लागि विभिन्न अनुभवहरू समेटिएको जानकारी दिए ।
९ हजार विरामी अप्रेसन गर्न नपाएर पेन्टिङ लिस्टमा हुनु दुखद भएको उनको भनाई छ ।
‘भोलि फेरी कहाँ म पुगौला, मर्नु पर्छ भन्ने मलाई पनि थाहा छ ।’ उनले भने आफूले सिकेको कुरा हस्तान्तरण गर्न खोजेको उनको भनाई छ ।