अमेरिकामा नेवारी संस्कृति जोगाउदै नेवा: नख:, आठौं पटक सामुहिक ईही गरियो
न्युयोर्क,अमेरिका/ नेवा: नख: न्यूयोर्कको आयोजनामा सामुहिक ईही कार्यक्रम गरिएको छ। नेवा:नख: को आयोजनामा सामुहिक रुपमा ईही भएको यो आठौ पटक हो।
नेवा: नख: न्युयोर्कका निर्वतमान अध्यक्ष तथा सल्लाहाकार बिष्णु मान प्रधानका अनुसार अमेरिकामा नेवारी मौलिक संस्कृति र परम्पराको समेत संरक्षण र प्रवर्द्धनका लागि यस्तो कार्यक्रम गरिएको हो।
‘नेवारी परम्परागत ईहीबाट विदेशमा रहेका अभिभावक र बालिकाहरु लाभान्वित भएका छन्।’ प्रधानले भने।
नेपाल सम्वत ११४३ तछलागा: सप्तमी (जुन १० तारिक) ज्याक्सन हाइटमाको शेर्पा किदुगंको हलमा भएको ईहीमा अमेरिकाका चार राज्यका ६ बालिकाको सहभागिता थियो।
पेन्सिलभेनिया, कोलराडो र मिनसोटाबाट ईहीका लागि न्यूयोर्क आइपुगेका थिए। लसता बज्राचार्य, हेभेन महर्जन, रूवी मे महर्जन अवाले, शनाया डंगोल, आर्या रंजितकार र आर्जा नानी बज्राचार्यको ईही गरिएको थियो।
नेवा: गुभाजु (पुरोहित) समन्त बज्राचार्यले नेवा: विधिपूर्वक ईही सम्पन्न गराएका थिए। ईहीमा गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य र सल्लाहाकार प्रधान जजमान (मुख्य कर्ता) रहेका थिए।
नख:का महासचिव तुलसी नारायण चित्रकारले सहभागीको स्वागत गरेका थिए । नख:का प्रथम उपाध्यक्ष्य डा. नरेश मान शाक्यले ईही महत्त्वको बारेमा प्रस्टाएका थिए।
नख:का संस्थापक उपाध्यक्ष समेत रहेका सल्हाकार प्रधानले संस्थाको स्थापनाको बारेमा प्रकास पारेका थिए। उनले नेवा: चाड-पर्व, परम्परा, रिति-रिवाज तथा कला-संस्कृतिको संरक्षण र प्रवर्द्धनका गर्नका लागि सन् २०११ मा न्युयोर्कमा यस संस्थाको स्थापना गरिएको बताए।
नखःका कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्यक्ष मेनी श्रेष्ठ र सदस्य नम्रता प्रधानले कार्यक्रममा सहभागीहरूको उपस्थिति दर्ता गराएका थिए।
कार्यक्रममा अतिथीको तर्फबाट नेवाः गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जनले कार्यक्रमको सफलताको शुभकामना दिए।
फिलाडेल्फियाबाट आएका गैर नेपाली अतिथि ग्रेगोरीज्यूले यस्ता कार्यक्रमा सहभागी हुन पाऊँदाको खुशी ब्यक्त गर्दै बधाई तथा शुभकामना दिए।
नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्य, सल्लाहाकार विष्णु मान प्रधान, प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्य, महासचिव तुलसी नारायण चित्रकार, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ र सचिव अनित श्रेष्ठले ईही गर्ने बालिकाहरूलाई प्रशंसा-पत्र प्रदान गरी बधाई तथा शुभकामना दिएका थिए ।
अध्यक्ष बज्राचार्यले कार्यक्रममा सहभागि सबैमा धन्यवाद व्यक्त गर्नुका साथै सहभागी बालिकाहरूलाई उज्जल भविष्यको कामना गरे। उनले अमेरिकामा रहेर पनि हामीले आफ्नो यस्तो महत्वपूर्ण संस्कार संस्थागत रूपमा गर्न गराउन पाउदा गौरवान्वित भएको धारणा राखे।
अमेरिकामा जन्मेका हाम्रा नानिवाबुहरूलाई नेवाः संस्कृति, परम्परा, भाषा सिकाउदै जानु पर्ने अध्यक्ष बज्राचार्यले जोड दिए।
नखःका द्वितीय उपाध्यक्ष श्रुति अमात्यको संयोजनमा, कोषाध्यक्ष सलोनी वन्त श्रेष्ठ, सह-कोषाध्यक्ष मेनी श्रेष्ठ, सदस्य शोभना शाक्य, नम्रता प्रधान, अनिता बज्राचार्य, लघु शाक्य, मोहिनी कर्माचार्य, उजिला प्रधान, मैना बज्राचार्य, लक्ष्मी शोभा चित्रकार, निलिमा शाक्य,सरिता श्रेष्ठ, उमा माथेमा र निगिता थापा श्रेष्ठले ईहीको पुजा सामाग्री तयारी गर्नुका साथै बालिकाहरूलाई मूलढोकाबाट लस:कुस: गरि ईही गर्ने स्थलमा भित्र्याएका थिए ।
साथै उनीहरूले उपहार र सगुन सहित ईही गर्ने बालिकाहरूलाई “थाय्-भू” तयार गरेका थिए । संस्थाका महासचिव तुलसी नारायण चित्रकार, सचिव अनित श्रेष्ठ, र सदस्यहरू किरण रंजित, अभिषेक छोचूँ, नविन शाक्य, पुष्प श्रेष्ठ, मुनिन्द्र बज्राचार्य, जेनिश कर्माचार्य, तुलासा चित्रकार, रोहण चित्रकार, ह्यारिसन बज्राचार्य र सिद्धार्थ बज्राचार्य र सुमित श्रेष्ठले अतिथीहरूको सत्कारका साथै नेवारी खाना समयबजीको व्यवस्थापन गरेका थिए।