राष्ट्रपति पौडेल अस्वस्थ, अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिए पनि उनलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज दिउँसो भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेललाई अस्पतालमै भर्ना गरेर उपचार सुरु गरिएको जनाइए पनि थप विवरण भने सार्वजनिक भएको छैन । राष्ट्रपति पौडेल यसअघि विरामी हुँदा एयर लिफ्ट गरेर भारतमा उपचार गरिएको थियो ।
त्यहाँबाट आएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गरेपछि ठिक भएका थिए । तर, एक्कासी मुटुमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।