स्वर्गद्वारी दर्शन गरेर फर्कदा जीप दुर्घटना ८ जनाको मृत्यु
प्युठानको भिङ्ग्रीमा भएको जीप दुर्घटनामा परेका आठ जनाको मृत्यु भएको छ ।
स्वर्गद्वारी दर्शन गरेर दाङको लमही फर्किँदै गरेका तीर्थयात्री चढेको लु १ च ६३४५ नम्बरको जीप भिङ्ग्रीको भ्यागुतेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा जीपमा रहेका दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीप चालक दाङको लमही नगरपालिका–५ का ताराबहादुर कुमाल, तुलसीपुर–१५ की ३५ वर्षीया सरीता शर्मा पोखरेल, उहाँका १४ वर्षीय छोरा विशाल पोखरेल र ९ वर्षीय छोरा विकास पोखरेल, लमही–७ गढवाका ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाह रहेका छन् ।
मृत्यु भएका अर्का एक सनाखत हुन नसकेको प्युठान प्रहरीले जनाएको छ ।
मृतक सबैको शव जिल्ला अस्पताल प्युठानमा राखिएको छ ।