बजेट निर्माणमा कुनै कमजोरी भएको छैन् हिलो फ्याप्ने काम भयो अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट निर्माणमा कुनै कमजोरी नभएको दाबी गरेका छन् ।
इकोनोमी मिडिया सोसाइटी नेपालले सोमबार गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले आफूले बजेट निर्माणका क्रममा कुनै कमजोरी नगरेको भन्दै अनावश्यक हिलो फ्याप्ने काम भएको दाबी गरे । ‘त्यहाँका कर्मचारी वा सबैलाई सोध्नुस्। यति गर्दा पनि हिलो छ्याप्ने काम हुन्छ भने नेपालमा इमानदार भएर काम हुँदैन भन्ने बुझिन्छ।’ उनले भने ।
फाइदा उठाउन चाहानेले नियतवस अनावश्यक कुरा उठाएको दाबी गरेका उनले प्रमाण ल्याउन चुनौति दिए ।
उनले भने ‘म चुनौती दिएर भन्छु, अहिले पनि अर्थमन्त्रालयमा केही पस्यो कि भन्ने कुरा आएको छ जुन गलत छ। केही फाइदा उठाउन चाहनेहरू रिसाएको र त्यसो भनेको हुनसक्छन् तर त्यस्तो भएको छैन,’
आफूले राखेको राजस्व संकलन र अपेक्षित आर्थिक वृद्धि हासिल गर्न सक्नेमा विश्वस्त रहेको भन्दै उनले भने, ‘यो भन्दा अघि भएन, आज भन्दा अघि सकिएको छैन र अब पनि सकिन्न भन्ने कुरालाई म ठाडै अस्वीकार गर्छु।’
बजेट र आर्थिक विधेयकमा भिन्नता भएको र निजि क्षेत्रमा असर पुग्नेगरी बजेट आएको विषयलाई पनि अर्थमन्त्री महतले अस्विकार गरे।