एक दिनमा बदाम कति खाने ?
बदाम अत्यन्तै स्वस्थ नटको श्रेणीमा आउँछ। बदामको सेवन शारीरिक स्वास्थ्यका लागि मात्र नभई मानसिक स्वास्थ्य, छाला र कपालका लागि पनि फाइदाजनक हुन्छ । किनभने बादाम पोषक तत्वको भण्डार हो। बदाममा फाइबर, ओमेगा ३ फ्याटी एसिड, भिटामिन ई, जिंक, क्याल्सियम, एमिनो एसिड, प्रोटिन, म्याग्नेसियम जस्ता तत्व पाइन्छ, जुन राम्रो स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ । तर बदामको अत्याधिक सेवनले स्वास्थ्यलाई पनि हानि पुर्याउँछ। यस्तो अवस्थामा बदाम सिमित मात्रामा मात्रै खानुपर्छ । त्यसोभए हामी यो लेख मार्फत जानौं कि एक दिनमा कतिवटा बदाम खानुपर्छ र यसको सेवनले के फाइदा हुन्छ।
एक दिनमा कति बदाम खान सकिन्छ ?
एक दिनमा ३ देखि ४ वटा बदाम खानु राम्रो हुन्छ, यदि तपाईले एक दिनमा धेरै बदाम खानुभयो भने यसले तपाईको स्वास्थ्यलाई धेरै हानि पुर्याउन सक्छ।
बदाम खानुका फाइदाहरु
१- बदाममा ओमेगा ३ फ्याटी एसिड र फाइबर पाइन्छ, जसले शरीरमा बढ्दो खराब कोलेस्ट्रोललाई कम गर्न मद्दत गर्छ, जसले हृदयघात, स्ट्रोकजस्ता रोगको जोखिमलाई कम गर्छ।
२- बादाममा प्रशस्त मात्रामा फाइबर हुन्छ, त्यसैले यदि तपाईंले आफ्नो आहारमा बदाम समावेश गर्नुभयो भने यसले तौल घटाउन मद्दत गर्छ।
३- बदाममा भिटामिन ई पाइन्छ, जुन छाला र कपालको लागि फाइदाजनक हुन्छ। बदामको नियमित सेवनले छालालाई स्वस्थ राख्छ र कपाल बाक्लो र बलियो बनाउँछ।
४- बदामको सेवनले क्यान्सर जस्ता घातक रोगको जोखिमलाई कम गर्न मद्दत गर्छ । किनभने यसमा पाइने एन्टी-कार्सिनोजेनिक गुणले क्यान्सर कोशिकालाई बढ्नबाट रोक्न मद्दत गर्छ।
५- बदामको सेवनले मस्तिष्कको कार्यप्रणाली सुधार्न पनि मद्दत गर्छ । हो, बदाममा पाइने भिटामिन ईले स्मरणशक्ति तेजिलो बनाउन मद्दत गर्छ ।
६- बदाममा फाइबरको मात्रा बढी हुन्छ, जसले कब्जियतको समस्यालाई हटाउन मद्दत गर्छ, साथै बदामको सेवनले पाचन क्रिया पनि स्वस्थ रहन्छ ।
७- नियमित रूपमा बदाम खाँदा हड्डीका लागि फाइदाजनक हुन्छ । किनभने बदाममा पाइने क्याल्सियमले हड्डीलाई स्वस्थ र बलियो बनाउन मद्दत गर्छ ।