‘गिभ इन मे’ को आज अन्तिम दिन, अभियान सहभागि हुन एआरयुको आह्वान
पेन्सिलभेनिया,अमेरिका / एशियन रिफ्युजी युनाइटेड (एआरयु)ले ‘गिभ इन मे’ अभियानमा सहभागि हुन आह्वान गरेको छ। अभियानको आज अन्तिम दिन हो। यो अभियान प्यासफिक समय अनुसार बुधवार मध्यरात १२ बजे (न्यूयोर्क समय राती तीन बजे) सकिने छ।
‘गिभ इन मे’ एशियाली अमेरिकी र प्यासिफिक आइल्यान्डर क्षेत्रमा कार्यरत गैर नाफामुखी संस्थालाई रकम उपलब्ध गराउने अभियान हो। ‘गिभ इन मे’ क्याम्पिन एशियन अमेरिकन समुदायमा काम गर्नेहरुले मात्र भाग लिन्छन्।
यो अभियानमा एआरयु पनि सहभागि छ। एआरयुले विषेश गरि भुटनीज नेपाली समुदायका युवाहरुमा काम गर्दै आएको छ।
‘हामीले धेरै भन्दा धेरै चन्दा दाता खोजिरहेका छौ, आज अन्तिम दिन भएकाले छुटेकालाई पनि यो अभियनामा सहभागि हुन अनुरोध गर्दछौ।’ एआरयुले आफ्नो अपिलमा भनेको छ।
‘गिभ इन मे’ चार ‘टियर’ (तह) मा चलाइएको छ। एआरयु रहेको टियरमा शिर्ष स्थानमा रहनेले १२ हजार अमेरिकी डलर पुरस्कार पनि जित्ने छन्। चन्दा अभियानमा दुई सय भन्दा बढी संस्था सहभागि छन्। सहभागि संस्थाको अघिल्लो वर्षको बजेटको आधारमा उनीहरुको टियर निर्धारण गरिएको हो।
‘हामी यो पुरस्कारको नजिक छौ, अब आज दिनभरीको समयमा सबैले सहयोग गरिदिनु भयो भने पुरस्कार जित्न सक्षम हुने छौ।’ एआरयुका अध्यक्ष रबिन गुरुङले समाज टाइम्स सँग भने।’एक जनाले पाँच डलर मात्र चन्दा दिदा पनि हाम्रो अभियानलाई ठूलो सहयोग हुन्छ, एकै जनाले धेरै रकम दिनु भन्दा पाँच डलरका दरले धेरै जनाले चन्दा दिन हामी अनुरोध गर्छौ। हामीलाई रकम भन्दा पनि चन्दा दाताको संख्या धेरै पुर्याउनु छ। ‘
अध्यक्ष गुरूङले एक जनाले पचास डलर चन्दा दिनु भन्दा दश जनाले पाँच पाँच डलर चन्दा दिदाँ उपयोगि हुने बताए। हामीलाई रकम भन्दा पनि सहभागि संख्याको खाचो हो। धेरै भन्दा धेरै संख्या आज राति सम्म पुगोस भन्ने हो।’
अध्यक्ष गुरुङका अनुसार अभियानबाट प्राप्त रकम अगष्ट ५ तारिक हुने युथ समिटका लागि खर्च गरिने छ। ‘यो युथ समिटकै लागि हो अझ शिर्ष स्थानमा रह्यौ भने पुरस्कार पनि आउछ।’
एआरयुले आयोजना गर्ने समिट युवाहरुका लागि अवसरको खोजि गर्ने थलो हुने अध्यक्ष गुरुङको भनाई छ। ‘युथहरुलाई प्लेटफर्म उपलब्ध गराउने हो समिटको मुख्य उदेश्य, यसले उनीहरुमा नेटवर्क बढाउने छ।’ उनले भने।
यसै गरि युवाहरुलाई रिस्रोसको खोजी गर्ने, मेन्टलहेल्थका मुद्दामा काम गर्ने, अन्य आवश्यक विषयमा सल्लाहकारहरुको खोजि गर्ने काम पनि समिटले गर्ने छ।
‘हामी युवाहरुमा नेतृत्व विकासका लागि काम गर्दै आएका छौं, अमेरिकामा रहेका आप्रवासी युवाहरुलाई उनीहरुको बृत्तिविकासका लागि सहज वातावरण बनाइ दिने हाम्रो उदेश्य हो, त्यसैका लागि युवा सम्मेलन हुने हो।’ गुरुङले भने। ‘ग्रेटर ह्यारिसबर्ग क्षेत्रमा बसोबास गर्ने युवालाई चाहिने बतावरण हामीले मिलाइदिने हो।’
गुरुङका अनुसार समिटमा सबै जनाले भाग लिन पाउने छन्। ‘हामी भुजनीज नेपाली युवाहरुमा नै केन्द्रित हुँदै आएका छौ तर अन्यले पनि हाम्रो कार्यक्रममा भाग लिदै आएका छन्। सबैले भाग लिन पाउछन।’
एआरयुएले यस अगाडि सन् २०१८ देखि ‘युथ क्याम्प’ आयोजना गर्दै आएको भए पनि युथ समिट पहिलो पटक आयोजना गर्न लागेको हो।
गिभइनमे अभियानमा जोडिन यहाँ क्लिक गर्न सक्नु हुने छ।