संघीय शिक्षा ऐन जारी गर्न नेपाल शिक्षा सङगठनको दवाव
काठमाडौं । नेपाल शिक्षा सङगठनले सरकारलाई नेपालको गुणस्तरीय शिक्षाको लागि सङघीय शिक्षा एन जारी गर्न दवाव दिएको छ ।
आईतबार सङगठनले काठमाडौंको माईतीघर स्थित सङघीय शिक्षा एन जारी गर्नु पर्ने भन्दै प्रदर्शन गरेको हो ।
उक्त प्रदर्शनमा बोल्दै नेपाल शिक्षा सङगठनका अध्यक्ष सोमनाथ गीरीले सरकारले शिक्षामा लगाानी नगरेकै कारण देश पछाडि परेको बताए ।
उनले भने स हाम्रो आम्दानी जापानको आमदानी बराबर थियो । आज हामी कहाँ छौं । त्यी मुलुकहरु कहाँ पुगेका छन् । त्यसको एउटै कारण हो जापान र दक्षिण कोरीयाले शिक्षाको सम्पुर्ण दायित्व आफुले वहन गर्यो राज्यले बहन गर्यो ।
नेपाल शिक्षाबाट लगानी गर्दै जाने क्रममा आज हामी यहाँ आईपुगेका छौ त्यसैले शिक्षामा जबसम्म लगाानी बढ्दैन, लगानी वृद्धि हुदैन । तब सम्म गुणस्तरीय शिक्षा हुन सक्दैन । त्यसैले हाम्रो अभियानमा गुणस्तरीय शिक्षाको लागी गुणस्तरीय लगानी र गुणस्तरीय व्यवस्थापन आवश्यक छ ।
त्यस्तै अभिभावक संघको अदक्ष सुभ प्रभात भण्डारीले संविधानको धारा ३१ कायान्नयन गरी शिक्षालाई प्राथमिकता दिई अगााडि बढाउनुपर्ने र साथै बालबालीकाले पढ्न पाउने अवसर सुनिश्चित गनुपर्दछ र २ नम्बरको नागरिक बनाउने हैन भनेका छन् ।
उनले भने स संविधानको धारा ३१ कार्यान्नयन गर, त्यो भन्नी वित्तिकै लगानी पनि बढ्छ । अर्को कुरा चाही प्रत्येक जन्मेको बालबालीकाले पढ्न पाउने अवसर सुनिश्चित गर्ने र २ नम्बरको नागरिका बनाउने हैन । बराबरको प्रतिस्पर्दी शिक्षा संसारसङग सामना गर्न सक्ने शिक्षाको अवसर सरकारले दिन पर्छ । त्यसको ग्यारेन्टि गर्नुपर्छ । फेरी दोराउन चाहन्छु । संविधानको कार्यान्नयन गर सरकार ।
ल्न्इ फेडरेसनको केन्दिֿ«य सचिव भमराज रेग्मीले सरकारले शिक्षाको क्षेत्रमा सहयोग गर्नुको सट्टा शिक्षा क्षेत्रमा काम गर्ने सामाजिक क्षेत्रमा काम गर्ने संस्थाले विदेशी सहयोग लिएर शिक्षा क्षेत्रको सुधारको लागि लागिरहँदा पनि सरकारले भ्याट लिने भ्याट माग्ने खालका समस्या सिर्जना गरिरहेको बताए ।
उनले भने स हामी शिक्षा क्षेत्रमा काम गर्ने सामाजिक क्षेत्रमा काम गर्ने संस्थाले थुप्रै कामहरु गरिरहेका छौं । र नेपाल सरकारले शिक्षामा बजेट विनियोजन वृद्धि गरिरहेको छैन । हामीले वैदेशिक सहायता लिएर, सहयोग जुटाएर शिक्षा क्षेत्रको सुधारको लागि लागिरहँदा पनि त्यो अनुदानमा सरकारका निकायहरुले भ्याट लिने भ्याट माग्ने खालका समस्या सिर्जना गरिरहेको छ । यसमा हामी घोर आपत्ति प्रकट गर्न चाहन्छौं ।