इपीजी प्रतिवेदन बुझ्न भारतलाई मनाउनु पर्छ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणको क्रममा ईपीजीको प्रतिवेदन बुझ्न भारतलाई मनाउनु पर्ने बताएका छन् ।
आईतबार सिंहदबारमा पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँगको छलफलमा उनले नेपालको राष्ट्रियहितको लागि सबै दलहरु एकसाथ उभिँदा दुई देशको सम्बन्धलाई नयाँ आयाम मिल्ने बताए ।
उनले भने ‘बाह्य सम्बन्ध र परराष्ट्र नीतिहरुमा सबै दलहरु एकैठाउँमा उभिनुपर्छ । भारत भ्रमणको क्रममा ६ ÷ ७ वटा कुरामा विषेश ध्यान दिन भनेका छौं । पहिलो २०१६ मा आवश्यक सुझाव दिन भनेर बनाइएको रिपोर्ट तयार गरेको ४ वर्षभन्दा बढी भएको छ । तर, भारतकै कारणले सम्भव हुन सकेको छैन । त्यसैले ईपीजी प्रतिवेदन बुझ्नको लागि प्रधानमन्त्रीले विशेष जोड दिनुपर्छ । त्यो कार्यान्वयन हुँदा मात्रै दुई देशको सम्बन्धलाई नयाँ आयाम दिन्छ । ’
उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भन्ने तथ्यको आधारमा प्रष्ट भएको बताएका छन् ।