भ्रष्टाचारविरुद्ध काम गर्न खोज्दा चौतर्फी घेराबन्दी भएको मन्त्री शर्माको गुनासो
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले भ्रष्टाचार विरुद्ध काम गर्न खोज्दा चौतर्फी घेराबन्दी भएको गुनासो गरेकी छिन् ।
शनिवार प्रेस सेन्टर नेपालको १९ औँ केन्द्रीय साधारण सभा तथा २१ औँ कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा काठमाडौंको शंखरापुरमा आयोजित कार्यक्रममा उनले यस्तो भ्रष्टाचारविरुद्ध वर्तमान सरकार दृढ संकल्पित भएको बताइन् ।
उनले भनिन् ‘जब विकृति र विसंगति विरुद्ध लड्न खाज्दै छौं । जसरी यस विरुद्ध लड्ने मोर्चामा छौं । यो बेला चौतर्फी घेराबन्दी भइरहेको छ । भ्रष्टाचार विरुद्ध सरकार अगाडि बढ्न खोज्दा खुट्टा तानिरहेका छन् ।’
उनले राजनीति र पत्रकारिता एक आपसको परिपुरक भएकाले पत्रकारहरुलाई राम्रो कामको प्रचार र नराम्रो कामको खबरदारी गर्न आग्रह गरिन् ।