जलहरीमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार राख्नु गलत : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरको जलहरीको बारेमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर संसदमा विचार राख्नु उचित नभएको बताएका छन् ।
शनिवार प्रतिनिधिसभाको बैठकमा उनले यस विषयमा अख्तियार अनुसन्धानमा आयोगले छानविन गरिरहेको भन्दै यस्ता विषय संसदको रेकर्डबाट हटाउँने चलन रहेको बताएका हुन् ।
उनले भने ‘पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सदनमा केहि विषय उठेको छ । जलहरी सम्बन्धि विषयमा काम गर्ने क्षेत्राधिकार पशुपतिनाथ विकास कोषको हो । सोही संस्थाले काम गरेको विषयमा कुनैं विवाद छैन् । अख्तियार अनुसन्धानमा आयोगमा निवेदन परि छानविन भईरहेको छ । यसमा सरकारको सहयोग रहेको छ ।
यस विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर संसदमा विचार राख्नु उचित होईन यस्ता विषय संसदको रेकर्डबाट हटाउँने चलन छ ।’